प्रेमीको गिफ्टबाट काइलीले मच्चाइन् इन्टरनेटमा तहल्का
एजेन्सी । हलिउड स्टार काइली जेनरले हालै आफ्नो २३ औं जन्मदिन मनाएकी छन् । यो जन्मदिन उनका लागि निकै खास समेत रह्यो । जन्मदिनको अवसरमा उनले प्रेमीबाट निकै राम्रो ड्रेस उपहारका रुपमा पाएकी छन् ।
जुन ड्रेसमा खिचिएको बोल्ट अन्दाजका तस्बिर अहिले उनले इन्टरनेटमा शेयर गरेकी छन् । जसलाई फ्यानले निकै मन पराएका छन् ।

काइलीले तस्बिर इस्टाग्राममार्फत शेयर गरेकी हुन् । तस्बिरका साथ उनले ड्रेस गिफ्ट दिनेलाई प्यारा भन्दै धन्यवाद दिएकी छन् । ड्रेस मल्टीकलरको मिनी शार्ट रहेको छ । जसले काइलीलाई हट एण्ड सेक्सी समेत देखाएको छ । ड्रेसका साथ न्युड मेकअप र ओपन हेयर्समा काइली निकै आकर्षक देखिएकी छन् ।

यस लुकमा उनका केही तस्बिर सार्वजनिक भएका छन् । जसलाई फ्यानले कमेन्ट र तारिफका बर्षा गरेका छन् । काइली शोसल मिडियामा पनि निकै सक्रिय रहने अभिनेत्री हुन् । उनी हरहमेसा आफ्नो सुन्दर तस्बिर शेयर गर्ने गर्दछिन् । जसलाई छिट्टै धेरै लाइक समेत मिल्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
-
२७ टोलीलाई पछि पार्दै ‘द इभिल्स’ बन्यो पर्यटन ह्याकाथनको विजेता
-
साउदी अरबमा अरामको कम्पनीको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु
-
बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो, स्थानीय आतंकित
-
धान दिवससहित दही चिउरा खाएर असार १५ मनाइँदै
-
आज कुन राशिको कस्तो योग?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण