‘भारतीय पूर्वराष्ट्रपति मुखर्जी डिप कोमामा’
बुधबार, १० भदौ २०७७, १९ : ३९
एजेन्सी । भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई ‘डिप कोमा’ मा राखिएको उनको उपचार गरिरहेको भारतीय सैनिक अस्पतालले जनाएको छ । नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी गराएको हो ।
सो अस्पतालले पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरको सहायताले डिप कोमामा राखिएको जनाएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।उनलाई केही समय यही उपचार प्रविधिमा राखिने पनि सो अस्पतालले जानकारी दिएको बताइएको छ ।
सो अस्पतालमा गत अगष्ट १० मा उनको मष्तिष्कको शल्यक्रिया गरिएको जनाइएको थियो । पछि उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको पनि समाचारमा जनाइएको थियो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण