कामना सेवाका ग्राहकलाई सूरिया हेल्थ केयरमा पीसीआर परिक्षण गदाए १५ प्रतिशत छुट मिल्ने
शुक्रबार, १२ भदौ २०७७, १७ : २४
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकहरुलाई सूरिया हेल्थ केयरमा पीसीआर परिक्षण गर्दा १५ प्रतिशतसम्मको छुट मिल्ने भएको छ ।
विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकका ग्राहकहरुलाई थप सहयोग पुगोस् भन्ने मनसायका साथ कामना सेवा विकास बैंकले सूरिया हेल्थ केयरसँगको सहकार्यमा विशेष छुटका साथ सहुलियत दरमा पीसीआर परिक्षणको सुविधा उपलब्ध गराउने भएको छ ।
बैंक र हेल्थ केयरको यस सहमति अनुरुप अब कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले सूरिया हेल्थ केयरमा कोरोना संक्रमण सम्बन्धी गरिने पीसीआर परिक्षण गर्दा १५ प्रतिशतको विशेष छुट प्राप्त गर्नेछन् । यस सहमति अनुसार ग्राहकहरुले आर्थिक सहुलियत सहित सहज रुपमा कोरोना परिक्षण गरी लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदस्य सचिव घिसिङ र एन्टी डोपिङ प्रतिनिधिबिच भेट
-
अपर तामाकोसीको पीपीए पुनरावलोकन हुने
-
नेपालको दिगो विकासका लागि निजी क्षेत्रसँग सहकार्य बढाउने अन्तर्राष्ट्रिय वित्त निगमको प्रतिबद्धता
-
वन्यजन्तु तस्कर कुन्जोक सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर
-
दुई एआईजीको सरुवा, जोशी र ढकालको पदस्थापन
-
इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल रनिङ कार्यक्रम घोषणा