बर्दिबासमा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा
जनकपुर । महोत्तरीको बर्दिबास नगरपालिकाले नगर स्तरीय पीसीआर परिक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । शुक्रबार बर्दिबास नगरपालिकाले ६५ लाख रुपैयाँको लागतमा आरडीटी पीसीआर मेसिन खरिद गरि स्वाब परिक्षण सुरु गरेको हो ।
कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै बर्दिबास नगरपालिकाले कोरोना संक्रमण नियन्त्रण तथा समयमै रोकथाम गर्नका लागि संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरि उनीहरुको पीसीआर परिक्षणलाई प्राथमिकता दिने योजना अनुरुप कार्यको सुरुवात गरेको नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए ।
बर्दिबास नगरपालिकाको आन्तरिक लगानीमा आरडीटी पीसीआर मेसिन खरिद गरी नगरवासीका लागि कोरोनाको परीक्षण सुरु गरेको उनले बताए । उनले भने–‘अब आफ्नै मेसिन भएपछि एक दिनमै रिपोर्ट आउने छ । बर्दिबास नगरपालिकाले जडान गरेको आरडीटी पीसीआर मेसिनले दैनिक ८ सय जनाको स्वाब परिक्षण गर्न सक्ने क्षमता रहेको मेयर कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
नियन्त्रणमा लिइएका विद्युतीय सवारी साधनबारे छानबिन गर्न समिति गठन
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण