बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्रणब मुखर्जीको स्वास्थ्य थप बिग्रियो, संक्रमणका कारण ‘सेप्टिक सक’

सोमबार, १५ भदौ २०७७, १३ : ३७
सोमबार, १५ भदौ २०७७

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य थप खराब भएको छ । उनी दिल्लीस्थित सेनाको अस्पतालमा भर्ना छन् ।

अस्पतालले दिएको जानकारी अनुसार फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएको छ ।

आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलको तर्फबाट जारी बयानमा केही दिनदेखि प्रणब मुखर्जीको स्वास्थ्यमा लगातार गिरावट आइरहेको बताइएको छ । उक्त बयानमा फोक्सोको संक्रमणका कारणले उनी सेप्टिक सकमा भएको जानकारी उल्लेख छ । बयान अनुसार डाक्टरको एक विशेष दल उनको उपचारमा जुटेको छ । उनी अहिले पनि कोमामा छन् र उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको छ ।

सेप्टिक सक संक्रमणका कारण निम्तिने गर्छ । यसले शरीरमा अत्यधिक परिवर्तन निम्त्याउँछ । रक्तचापमा अत्यधिक गिरावट आएपछि सेप्टिक सक हुने गर्छ ।

प्रणबको स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा उनलाई कोरोना भाइरसको संक्रमणको पनि पुष्टि भएको थियो ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप