मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

दिनभरी स्मार्टफोन चलाउनेहरुलाई भइरहेको छ हड्डी र आँखा सम्बन्धि ४ समस्या, यसरी बच्नुहोस्

मङ्गलबार, १६ भदौ २०७७, १४ : ४१
मङ्गलबार, १६ भदौ २०७७

स्मार्टफोन हाम्रो जीवनको हिस्सा बनिसकेको छ । आज बच्चादेखि बुढासम्म धेरैले मोबाइललाई आफ्नो साथी बनाएका छन् । धेरैजसो युवाका लागि स्मार्टफोन खाना, पानी जत्तिकै आवश्यक भइसकेको छ । सोसल मिडिया, च्याटिङ, गेमिङ, इन्टरनेट सर्फिङ, बैंकिङ, अनलाइन लर्निङ, भिडियो च्याटिङ, मिटिङ आदि लगायतका थुप्रै कुरा स्मार्टफोनको मद्दतले गर्न सक्छौं । तर स्मार्टफोनको चाहिनेभन्दा प्रयोगले मानिसहरुमा थुप्रै समस्या देख्न थालिएको छ । विशेषगरी यसमा युवाको संख्या अत्यधिक छ ।

प्रत्येक दिन दिनभरी स्मार्टफोनको प्रयोग गर्दा हात, औंला, कुहिनो र आँखासँग जोडिएका समस्या देखिन थालेको छ । यीमध्ये ३ समस्या सबैभन्दा साधारण छ ।

पिङ्क आई सिन्ड्रोम:

यो स्मार्टफोन प्रयोगकर्ताको सबैभन्दा साधारण समस्या हो । धेरै बेरसम्म फोन प्रयोग गर्दा वा अबेर रातीसम्म मोबाइल चलाउँदा आँखाको नसा सुन्निने गर्छ जसका कारण आँखा रातो हुन्छ । यो समस्या ल्यापटप र ट्याबलेट प्रयोगकर्तासँग पनि हुन्छ ।

टेक्सटिङ थम्ब सिन्ड्रोमः

जो मानिस धेरैसम्म च्याट गर्छन्  वा स्र्माटफोनमा अत्यधिक टेक्स्ट गर्छन्, उनीहरुमा यस्तो समस्या धेरै देखिने गर्छ । यो समस्या हुँदा औंलाको नसा, मांसपेशी र नशामा क्षती हुन थाल्छ । सुरुमा त तपाईंलाई यसबारे थाहा हुँदैन तर यो समस्याका कारण मानिसहरुले केही चिज समात्ने क्षमता गुमाउन थाल्छन् र औंलामा पीडा हुन्छ ।

सेल्फी एल्बोः

सेल्फी एल्बो एक न्यूरो–अर्थोपेडिक समस्या हो अर्थात् यसका कारण तपाईंको हड्डी र नशा दुबैमा असर पर्छ । सेल्फी एल्बोको नाम सेल्फी भएपनि यो समस्या सेल्फी लिने मात्रैमा नभई स्मार्टफोनका अन्य प्रयोगकर्तामा पनि हुनसक्छ । तर साधारणतया जो सेल्फी धेरै लिन्छन्, उनीहरुमा समस्या धेरै हुन्छ । यो समस्याका कारण व्यक्तिको हात र कुहिनामा पीडा हुनथाल्छ ।

टेक्स्ट नेक सिन्ड्रोमः

स्मार्टफोनको प्रयोग गर्दा गर्धन झुकेको हुन्छ । यस्तोमा धेरै बेरसम्म स्मार्टफोन चलाउनेहरुलाई अर्को एउटा समस्या हुन्छ जसलाई टेक्स्ट नेक सिन्ड्रोम भनिन्छ । यसका कारण विशेषगरी गर्धन दुख्छ । लामो समयसम्म फोन चलाउँदा तपाईंको मेरुदण्डको हड्डीमा पनि क्षती पुग्नसक्छ ।

यी समस्याबाट बच्नका लागि अपनाउनुहोस् यी उपायः

– मोबाइल फोनको प्रयोग सकेसम्म कम गर्न कोसिस गर्नुहोस्

– यदि तपाईं भिडियो हेरिरहनुभएको छ भने मोबाइल फोनलाई धेरै बेरसम्म हातमा राख्नुको साटो कुनै स्थानमा राखेर हेर्नुहोस् ।

– स्मार्टफोनमा धेरै टेक्स्ट टाइप गर्नुपरे, भोइस टाइपिङको प्रयोग गर्नुहोस् ।

– यदि स्मार्टफोनको प्रयोग दिनभरी गर्नुपर्ने बाध्यता छ भने कम्तीमा ब्लू रे कट ग्लासेज चश्मा लगाउनुहोस् ।

– धेरै बेरसम्म टाउको झुकाएर स्मार्टफोन चलाउने कोसिस नगर्नुहोस्

– अबेर रातीसम्म मोबाइल फोन प्रयोग नगर्नुहोस् । निद्रा तपाईंका लागि अत्यावश्यक छ ।

– एउटै हातले धेरै बेरसम्म मोबाइल नचलाउनुहोस् । सर्फिङका लागि एउटै औंला मात्र पनि प्रयोग नगर्नुहोस् । यसको साटो अन्य औंलाको पनि प्रयोग गर्नुहोस् र हात परिवर्तन गरिरहनुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप