चालू शैक्षिकसत्रमा १ सय ५४ दिन पढाइ
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले विषय समितिका विज्ञसँग छलफल गरी तत्कालका लागि ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको छ ।
पाठ्यक्रम विकास केन्द्रले ७० प्रतिशत कोर्स पढाउने गरी हप्ताको २३ घण्टाको दरले ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको नेपाल समाचारपत्रमा खबर छ ।
चालू शैक्षिक सत्रमा १ सय ५४ दिन अर्थात् ८ सय १६ घण्टा पढाउनुपर्ने भएको छ । कोभिड–१९ का कारण विद्यालय खुल्न नसकेपछि करिब ३० प्रतिशत पाठ्यवस्तु समायोजन गरी वैकल्पिक विधिबाट ८ सय १६ घण्टा पढाउनुपर्ने भएको हो ।
‘सामान्य अवस्था रहेमा विद्यालयले १ सय ९२ दिन अर्थात् १ हजार २४ घण्टाको पाठ्यभारअनुसार पढाउने व्यवस्था थियो ।
तर, कोभिडका कारण विद्यार्थीको पढाइमा समस्या आउन नदिन वैकल्पिक विधिबाट ८ सय १६ घण्टा पढाउने व्यवस्था गर्न लागेका हाैँ।’–पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले भने । चालू शैक्षिकसत्रमा ३८ दिन घटेको छ । सामान्य अवस्थामा १ सय ९२ दिन पढाउनुपर्ने व्यवस्था थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण