शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रबार, ०१ साउन २०८३, २१ : ३४
शुक्रबार, ०१ साउन २०८३

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी २७ वर्षीय सुरेन्द्र पटेल पक्राउ परेका छन् । उक्त मुद्दामा तीन दिन कैद र रु चार लाख जरिवाना ठहर भई फरार रहेका वीरगञ्ज महानगरपालिका–१४ निवासी पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले आज स्थानीय श्रीपुरबाट पक्राउ गरेको हो ।

निजलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सा पेस गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप