१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
सारांश
- प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गर्दै संवादहीनताको अन्त्य गरेका छन्।
- विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा साधारण तारेखमा छाड्ने आदेश दिएको छ।
- अस्वस्थ जीवनशैली र खानपानमा परिवर्तनले मुटु रोगीको सङ्ख्या बढ्दै गएको छ भने सरकारी गाडीमा रातो प्लेटको प्रयोगबारे प्रश्न उठेको छ।
आज २०८३ साउन १ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ।
- संवादहीनता तोड्दै प्रधानमन्त्री
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संवादहीनताको अन्त्य गर्दै उद्योगी तथा व्यवसायीहरूसँग छलफलमा जुटेका छन्।
- सरकारी गाडीमा रातो प्लेट
सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सरकारी कार्यालय शनिवार र आइतबार बन्द हुँदै आएका छन् ।
- प्रदेशमा गडबडी
कोशी प्रदेशको राजनीति फेरि एकपटक तरङ्गित भएको छ । प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने चर्चा चुलिएको छ, तर कोशी प्रदेशको वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत बनेको हुनाले यहाँ नयाँ सरकार गठनको प्रक्रिया निकै जटिल छ ।
- ‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
जेनजी आन्दोलन अघिसम्म केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन थियो । प्रदेशहरुमा पनि साेही गठबन्धनले सत्ता हातमा लियो।
- राष्ट्र बैंक ऐन संशोधन
सरकारले संसद्मा प्रस्तुत गरेको राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न उठेको छ। विधेयकमा प्रस्तावित महत्त्वपूर्ण व्यवस्थामा राष्ट्र बैंकका गभर्नरले नै प्रश्न उठाएपछि संशोधन विधेयकको आवश्यकतामाथि नै प्रश्न खडा भएको हो।
थप
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण