अभिनेता रोबर्ट प्याटिन्सन कोरोना पोजेटिभ, रोक्नुपर्यो ‘द ब्याटम्यान’ को सुटिङ
बेलायती अभिनेता रोबर्ट प्याटिन्सन कोरोनाद्वारा संक्रमित भएका छन् जसका कारण ब्रिटेनमा उनको फिल्म ‘द ब्याटम्यान’ को निर्माण हालका लागि रोकिएको छ ।
न्यूज एजेन्सी रोयटर्सले भ्यानिटी फेयरलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।
वार्नर ब्रदर्सका प्रवक्ताले एक बयान जारी गर्दै भनेका छन्, ‘ब्याटम्यान प्रोडक्सनका एक सदस्य कोरोना पोजेटिभ पाइएका छन् ।’
यद्यपि, उनीहरुले कसैको नाम भने लिएका छैनन् । तर उनले फिल्मलाई अस्थायी रुपमा रोक्ने कुरा भने गरेका छन् ।
भ्यानिटी फेयरले स्रोतको नाम नदिइकनै लेखेको छ, ‘ती सदस्य अरु कोही नभई रोबर्ट प्याटिन्सन हुन् ।’
यसबारे बार्नर ब्रदर्स र प्याटिनसनका प्रतिनिधिसँग कुरा गर्ने कोसिस गरियो तर उनीहरुको तर्फबाट केही जानकारी पाउन सकिएन ।
मार्चमा भएको लकडाउनपश्चात् तीन दिन अघि मात्रै ‘द ब्याटम्यान’ को सुटिङ सुरु भएको थियो ।
कोरोनाभाइरस महामारीका कारण लागू गरिएको लकडाउनका कारण हलिउड–बलिउडसमेत फिल्म इन्डष्ट्रिका थुप्रै काम प्रभावित भएका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण