निजी ल्याबको रिपोर्टको आधारमा ‘कोरोना बीमा’ को दाबी भुक्तानी नहुने
काठमाडौं । सरकारी ल्याबबाहेक अरुले गरेको कोरोना परीक्षणलाई मान्यता नदिन बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले बिहीबार कोरोना बीमालेख बिक्री गरिरहेका २० वटै निर्जीवन बीमा कम्पनीलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो ।
बीमा समितिले बिहीबार जारी गरेको निर्देशनमा कोरोना बीमा मापदण्ड २०७७ को परिच्छेद ३ को दफा ११ अनुसार नेपाल सरकार स्वस्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोनाभाइरस संक्रमण देखिएमा मात्रै भुक्तानी गर्ने व्यवस्था गर्न भनिएको छ ।

यो व्यवस्थाले सरकारबाट कोरोना परीक्षण अनुमति पाएका अन्य स्वास्थ्य संस्थाको रिपोर्टलाई मान्यता नदिने स्पष्ट पारेको हो । समितिका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले यो मापदण्ड पुरानै भएको बताउँदै त्यो व्यवस्थाबारे बीमा कम्पनीहरुलाई सम्झाउने काम मात्रै आफूहरुले गरेको बताए ।
स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएका निजी मेडिकलले गरेको परीक्षणमा पोजेटिभ देखिए के हुन्छ ? प्रवक्ता पौडेल यसबारे खासै उत्तर दिँदैनन् । उनी भन्छन्, ‘मापदण्डमा स्पष्ट रुपमा लेखिएको छ त ?’ समितिले साउनमा जारी गरेको मापदण्डमा स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर गराइएको रिपोर्टबाट पोजेटिभ आए मात्रै भुक्तानी दिने उल्लेख गरिएको छ । मापदण्ड आउँदा यसबारे खासै वास्ता नगरिए पनि अहिले भुक्तानी पाउन छाडेपछि समस्या बल्झिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण