सहकारीको साधारणसभाको अन्यौलताबारे विभागले भन्यो– कसरी र कहिलेसम्म गर्ने चाँडै टुङ्गो लगाउछौँ
काठमाडौं । कोभिड–१९ महामारीका कारण सहकारी संस्थाहरुले आफ्नो वार्षिक साधारणसभा गर्न सकेका छैनन् । हरेक आर्थिक वर्षको पुस मसान्तसम्म साधारणसभा गरिसक्नुपर्ने प्रावधान भएपनि कोरोनाका कारण अन्यौलमा परेको छ । सहकारी विभागले सहकारी संघ-संस्थाहरुको वार्षिक साधारणसभा र लेखापरीक्षण सम्बन्धी काम कसरी र कहिलेसम्म गर्ने भन्ने विषयमा चाँडै निष्कर्ष निकाल्ने सहकारी विभागले जनाएको छ ।
विभागले राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय विषयगत संघ, जिल्ला संघ, सहकारी बैंक तथा सबै सहकारी संस्थाहरुलाई परिपत्र गर्दै साधारणसभाबारे केही समयभित्रै आधिकारिक रुपमा जानकारी गराउने बताएको छ । ‘सहकारी संस्थाको गत आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गर्ने अवधि आगामी असोज मसान्तसम्म रहेकोमा सो अवधिभित्र गरिसक्न र वार्षिक साधारणसभा हालको विषम परिस्थितिमा के कसरी गर्ने भन्ने विषयमा सरोकारवाला पक्षसँग छलफल गरेपछि मात्र निर्णय गरिने विभागले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण