रसुवामा करेन्ट लागेर स्काभेटर चालकको मृत्यु
सोमबार, २२ भदौ २०७७, १६ : १८
रसुवा । स्काभेटरलाई विद्युुत् तारले छुँदा करेन्ट लागेर आज एक चालकको निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा उत्तरगया गाउँपालिका वडा नं ५ लहरे निवासी २५ वर्षीय दिनेश श्रेष्ठ छन् । घटनालगत्तै उपचारका लागि उनलाई रसुवा अस्पताल पु¥याइएपनि निधन भइसकेको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अनिलकुमार खरेलले जानकारी दिए ।
बिहान ट्रकमाथि राखेर स्काभेटर स्याफ्रुबेँसीतर्फ लाँदै गर्दा गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ खोपाङ भीरमा सो दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । राजमार्ग छेउमा रहेको धुञ्चे –स्याफ्रु ११ केभी विद्युत् प्रसारण लाइन तारमा मेशिनले कसरी छुन गयो भन्ने सम्बन्धमा प्रहरी अनुसन्धान शुरू गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण