शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हामेज चम्किँदा एभर्टनसँग हार्‍यो टोटनह्याम

सोमबार, २९ भदौ २०७७, ०७ : ३०
सोमबार, २९ भदौ २०७७

डोमिनिक काल्भर्ट लेविनको उत्कृष्ट हेडरको मद्दतले एभर्टनले टोटनह्याम हटस्पर्सलाई उसैको घरेलु मैदानमा पराजित गर्न सफल भएको छ । लुकास डिन्येको फ्रिकिकमा गोल गर्दै लेविनले एभर्टनलाई टोटनह्यामविरुद्ध सन् २०१२ पछि पहिलो जीत दिलाए ।

निकै रोमाञ्चक खेलमा एभर्टनका गोलकिपर जोर्डन पिक्फोर्डले डेले अली र म्याट डोहेट्रीको दुईवटा प्रहारलाई जोगाएका थिए ।

खेलमा एर्भटनका नयाँ अनुबन्ध हामेज रोड्रिग्वेजले उत्कृष्ट प्रदर्शन गरेका थिए । रियल म्याड्रिडका पूर्वमिडफिल्डर २.२ करोड पाउन्डमा यो सिजन क्लबसँग आबद्ध भएका हुन् । खेलमा उनले थुप्रै गोलको अवसर सिर्जना गर्न सफल भए । उनले खेल अवधिभर पाँचवटा गोलको अवसर सिर्जना गरेका थिए ।

पछिल्लोपटक प्रिमियर लिगमा आबद्ध भएका नयाँ खेलाडीले यति धेरै गोलको अवसर सिर्जना गरेका सन् २०१४ पछि पहिलो पटक हो । त्यतिबेला एलेक्सीस सान्चेजले आर्सनलका लागि ५ वटा गोलको अवसर सिर्जना गरेका थिए ।

उता, जेमी भार्डीको दुई गोलको मद्दतले लेस्टर सिटीले वेस्ट ब्रोमिच आल्बियोनमाथि ३–० को जीत हासिल गरेको छ ।

खेलको ५६ औँ मिनेटमा टिमोथी कास्टाग्नेले लेस्टरलाई अग्रता दिलाएपछि खेलको अन्त्यत तिर भार्डीले दुईवटा पेनाल्टीलाई गोलमा परिणत गर्दै लेस्टरलाई लिगमा सुखद सुरुवात दिलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप