शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मेटलाइफले ल्यायो नयाँ ग्राहक सेवा एप

सोमबार, २९ भदौ २०७७, १७ : ३२
सोमबार, २९ भदौ २०७७

काठमाडौं । मेटलाइफले आज ग्राहकहरुलाई बीमा सम्बन्धी सेवा र सुविधालाई थप सजिलोसँग पहुँच बढाउन र आफ्नो विमा पोलिसी व्यवस्थापन गर्न नयाँ ग्राहक सेवा एप ल्याएकोे छ । 

मेटलाइफको नयाँ ग्राहक सेवा एपले ग्राहकहरुलाई घरमै बसी मोबाइल मार्फत मेटलाइफको विभिन्न सेवाहरुमा पँहुच बढाउने छ । 

डिजिटल थिम अन्तर्गत सोमबार मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजीश्रेष्ठले मेटलाइफका कर्मचारीहरु र फिल्ड फोर्सहरुको उपस्थितिमा भच्र्वल कार्यक्रममार्फत उक्त एपको अनावरण गरेका थिए ।

मेटलाइफ नेपालको ग्राहक सेवा एप दुबै आइओएस एप स्टोर र एन्ड्रोयड गुगल प्ले स्टोरबाट निःशुल्क डाउनलोडको लागि उपलब्ध हुनेछ । एक पटक ग्राहकले सुरक्षित रूपमा एपलाई लगइन गरेपछि उनीहरूले आफ्नो बीमा पोलिसीको स्थिति, कुल प्रीमियम भुक्तान गरिएको र भुक्तानी गरिएको प्रीमियम किस्ता साथै उनीहरूको पोलिसीहरूको विस्तृत प्रिमियम भुक्तान विवरण जस्ता जानकारी हेर्न सक्नेछन्।् । 

ग्राहकहरूले एपमा साइनअप गरी प्रिमियम तिर्न बाँकी रहेका मितिहरू र पूर्ण परिपक्वता सूचनाहरू समेत प्राप्त गर्न सक्नेछन् । मेटलाइफ नेपालको एपमा सम्पर्क बिवरण र ग्राहक सहायताको लागि सोधपुछ फिचर्स पनि समावेश गरिएको छ ।

नयाँ बीमा पोलिसी लिन इच्छुक ग्राहकहरूले पनि यो एपलाई प्रयोग गरी मेटलाइफका विभिन्न बीमा उत्पादनहरूका विवरणहरू हेर्न सक्नेछन साथै यदि कुनै सेवामा इच्छा भएमा आफ्नो जानकारी पेश गर्न सक्नेछन । 

उपलब्ध विवरणको आधारमा मेटलाइफका प्रतिनिधिहरुले ग्राहकहरूलाई सम्पर्क गर्नेछन्।् । उक्त एपमा प्रीमियम क्यालकुलेटर पनि समावेश गरिएको छ जसअन्तर्गत प्रयोगकर्ताहरूले उनीहरूको बीमा पोलिसी तथा योजनाहरुको सोधपुछ गर्न सक्नेछन्।् ।

मेटलाइफका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजी श्रेष्ठले भने, “मेटलाइफ नेपाल ग्राहकहरुका लागि आफ्नो डिजिटल क्षमता विस्तार गर्न प्रतिबद्ध रहेको छ ताकि उनीहरूले घरमा बसी कुनै पनि समयमा हाम्रा सेवाहरू प्रति पहुँच राख्न सक्नेछन्। यस समयमा हामीले आफ्नो सेवा जारी गरिरहेको र यसैबीच ग्राहक सेवा एपलाई नेपालमा सुचारु गरेका छौँ । यस समाधानको साथ हामी हाम्रो ग्राहकहरूको जीवन अझ सरल र सजिलो बनाउन सक्षम हुनेछौं । हाम्रा ग्राहकहरूको लागि डिजिटल अनुभव सुधार गर्न कार्य गरिरहनेछौं ताकि घरमै बसीग्राहकहरूले हाम्रो सेवाहरूमा पहुँच राख्न सक्नु हुनेछन्।् ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप