राष्ट्रपतिलाई ओलीको प्रश्न : त्यस्तो मान्छे सल्लाहकार राख्न मिल्छ ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताबारे राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । शुक्रबार एमाले संसदीय दलको बैठकमा बोल्दै उनले राष्ट्रपतिका सल्लाहकार कस्ता हुन् भनेर प्रश्न गरे ।
‘नेपालले नेपालको नोटमा नेपालको नक्सा छाप्दा अर्को देश करायो । किन करायो होला अर्को देश भन्दा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरू त्यो अर्को देश कराए सँगसँगै यो फलानो देशलाई उत्तेजित पार्न खोजिएको हो भन्छ’, ओलीले भने, ‘सम्माननीय राष्ट्रपतिले कस्ता र कसका मान्छेलाई जागिर खुवाएर राख्नुभएको छ ? यस्तै मान्छे राखेर तिनकै सल्लाहअनुसार, त्यस्ता मान्छे राष्ट्रपतिले राख्न मिल्छ ?’
उनले यसबारे एमालेले संसद्मा गम्भीर ढङ्गले राख्ने समेत बताए । साथै उनले यसमा राष्ट्रपति वा प्रधानमन्त्रीले जवाफ कसले दिने हो दिनुपर्ने पनि बताए । उनले राष्ट्रपतिका सल्लाहकारले राष्ट्रपतिको बोली बोल्ने भन्दै राष्ट्रपतिलाई प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण