मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला

शुक्रबार, २८ वैशाख २०८१, १३ : ४२
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।

वडा नं ४ फेदी र जिरोकिलोको बिच भागमा पूर्णरुपमा जलेको अवस्थामा शुक्रबार एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको छ । शवको पहिचान हुन नसकेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप