मेगा बैंकको १८ लाख कित्ता शेयर बिक्री खुल्ला
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले १८ लाख कित्ता शेयर लिलामीमा बिक्री गर्न गोप्य शिलबन्दी आव्हन गरेको छ ।
मेगा बैंकले संस्थापक समूहतर्फको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहतर्फको ७ लाख ७ हजार ३ सय ९४ दशमलव ९३ कित्ता गरी १८ लाख ४० हजार ७ सय ३९ दशमलव ६३ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गर्न लागेको हो ।
सर्वसाधारणहरुले असोज १८ गतेभित्र आफूले खरिद गर्न चाहेको प्रतिकित्ता शेयर र दररेट खुलाई गोप्य शिलबन्दीमार्फत आवेदन दिन सक्नेछन् । त्यसका लागि न्यूनतम १ सय रुपैया र त्यस भन्दा बढी कतिमा शेयर खरीद गर्न चाहेको हो स्पष्ट खुलाई बोलकबोल आवेदन दिनुपर्ने मेगा बैंकले जनाएको छ ।
उपत्यका भित्र मेगा बैंकको कमलादीस्थित मुख्य कार्यालय, नयाँ बानेश्वर चोक, ठमेल, न्यूरोड (पिपलबोट), ज्ञानेश्वर, चाबहिल, बौद्ध, कलंकी, गोंगबु, महाराजगञ्ज, मैतीदेवी, जावलाखेल, पुरानो ठिमी र सूर्यविनायक शाखाबाट सर्वसाधारणहरुले शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
यसैगरी, काठमाडौं उपत्यकाबाहिर धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, तुल्सीपुर, भैरहवा, बुटवल, अर्घाखाँची, तम्घास, तानसेन, नारायणगढ, पोखराको सभागृह चोक र चिप्लेढुंगा, हेटौंडा, वीरगञ्ज, सिन्धुली, जनकपुर, धरान, विराटनगर र विर्तामोड शाखाबाट शेयर खरिदका लागि आवेदन दिने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ ।
अनलाइनबाट फारम लिई शेयर आवेदन गर्न इच्छुक आवेदनकर्ताहरुले मेगा बैंक वा मेगा क्यापिटल मार्केटस लिमिटेडबाट छाप प्रमाणित गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
मेगा बैंकले २०७४ साल भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म हदप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरेको थियो । तर, त्यतिबेला संस्थापक तथा सर्वसाधारण समूहतर्फका शेयरहरुका लागि आवश्यक आवेदन नपरेकाले ती शेयरहरु अहिले बोलकबोलमार्फत बिक्री गर्न लागिएको मेगा बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण