नेपालले पाकिस्तानसँगको सम्बन्धलाई सँधै उच्च महत्व दिँदै आएको छः राष्ट्रपति भण्डारी
सोमबार, ०५ असोज २०७७, १७ : ३६
काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाभेदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदाई भेट गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा राजदूत जाभेदले शिष्टाचार विदाई भेट गरेका हुन् । भेटमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत जाभेदलाई बधाई दिएकी थिइन् । राष्ट्रपति भण्डारीले भविष्यमा नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास समेत व्यक्त गरिन् ।
नेपाल र पाकिस्तानबीच साँस्कृतिक तथा जनस्तरको सम्बन्ध बिस्तारका लागि पारस्पारिक सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले छिमेकी मित्रराष्ट्रका रुपमा नेपालले पाकिस्तानसँगको सम्बन्धलाई सधैं उच्च महत्व दिँदै आएको विचार व्यक्त गरेकी थिइन् । राजदूत जाभेद यहि महिना आफ्नो कार्यकाल सकिएर स्वदेश फर्किदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण