नेपालले पाकिस्तानसँगको सम्बन्धलाई सँधै उच्च महत्व दिँदै आएको छः राष्ट्रपति भण्डारी
सोमबार, ०५ असोज २०७७, १७ : ३६

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाभेदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदाई भेट गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा राजदूत जाभेदले शिष्टाचार विदाई भेट गरेका हुन् । भेटमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत जाभेदलाई बधाई दिएकी थिइन् । राष्ट्रपति भण्डारीले भविष्यमा नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास समेत व्यक्त गरिन् ।
नेपाल र पाकिस्तानबीच साँस्कृतिक तथा जनस्तरको सम्बन्ध बिस्तारका लागि पारस्पारिक सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले छिमेकी मित्रराष्ट्रका रुपमा नेपालले पाकिस्तानसँगको सम्बन्धलाई सधैं उच्च महत्व दिँदै आएको विचार व्यक्त गरेकी थिइन् । राजदूत जाभेद यहि महिना आफ्नो कार्यकाल सकिएर स्वदेश फर्किदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक
-
विपद् व्यवस्थापनको सचेतनाका लागि पाँच भाषामा सन्देश निर्माण गर्दै प्राधिकरण
-
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित
-
बागमती प्रदेशमा मनाइयो भाषा दिवस
-
हेटौँडा गाडी भासिएको घटनाः ५ स्थानको ६० बढी नमुना बोकेर फर्कियो टोली
-
भाषा संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री लामा