अलविदा हिमचितुवा !
राजकीय सम्मानका साथ यसरी गरियो आङरिता शेर्पाको अन्तिम बिदाइ
बुधबार, ०७ असोज २०७७, १२ : ०७
कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शेर्पाको अन्तेष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो ।
शेर्पाको सोमबार निजी निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो । उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई हिम चितुवा उपनाम दिइएको थियो ।
शेर्पाको बुधबार धार्मिक परम्पराअनुसार राजधानीमा अन्तेष्टि गरियो । उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाइएको थियो भने सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल