अलविदा हिमचितुवा !
राजकीय सम्मानका साथ यसरी गरियो आङरिता शेर्पाको अन्तिम बिदाइ
बुधबार, ०७ असोज २०७७, १२ : ०७
कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शेर्पाको अन्तेष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो ।

शेर्पाको सोमबार निजी निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो । उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई हिम चितुवा उपनाम दिइएको थियो ।

शेर्पाको बुधबार धार्मिक परम्पराअनुसार राजधानीमा अन्तेष्टि गरियो । उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाइएको थियो भने सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण