इजरायलसँग बागवानी सम्झौता गर्ने निर्णय
काठमाडौँ – नेपालले इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले सातैवटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि इजरायलसँग सम्झौता गर्ने निर्णय गरेको कृषि मन्त्रालयका उपसचिव गङ्गा आचार्यले जानकारी दिए ।
नेपालको कृषि क्षेत्रका लागि इजरायलले प्रविधिमा सहयोग गर्ने प्रस्ताव यसअघि गरेको थियो । त्यसैको आधारमा मन्त्रिपरिषद्ले इजरायलसँग सम्झौता गर्ने निर्णय गरेको हो । सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यलाई अख्तियारी दिइएको कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले बताए ।
यसैगरी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले उहाँलाई नियुक्त गर्ने निर्णय गरेको उपसचिव आचार्यले जानकारी दिए ।
डा. भण्डारी यसअघि छ महिनादेखि नार्कमा कार्यवाहक कार्यकारी निर्देशक थिए । वरिष्ठताका आधारमा मन्त्रालयले कार्यकारी निर्देशकमा सिफारिस गरेको उपसचिव आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण