घाँटीबगरदेखि छाङरू जोड्ने कडा चट्टानी भीरमा घोडेटो बाटोको ट्र्याक
दार्चुला – नेपाली सेनाले व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङरू जोड्ने कडा चट्टानी भीरमा घोडेटो बाटोको ट्र्याक खुलाएको छ ।
गत जेठ ९ गतेबाट काम सुरु गरेको सेनाले सम्झौता अनुसार ५५० मिटर बाटोको ट्र्याक खुलाउने काम सकेको हो ।
कडा चट्टानी भूगोल, भारतीय अवरोध, प्रतिकूल मौसम र निर्माण सामग्री ढुवानीमा ढिलाइ हुँदा दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरेको बाटो निर्माणको काम चार महिनामा सकिएको हो । चट्टानी भीर फुटाएर खुलाइएको ट्र्याकमा सफाइको कामसमेत सकिएको नेपाली सेना दुर्गादल गुल्म दार्चुलाका गुल्मपति विक्रमदेव थापाले जानकारी दिए ।
यो बाटो खुलेसँगै व्यासवासीलाई नेपालकै बाटो भएर गाउँसम्म आवतजावत गर्न सहज भएको छ । व्यासको छाङरू र तिङ्कर गाउँमा बसोबास गरेका झन्डै दुई सय परिवारलाई दार्चुला सदरमुकाम कुन्चा सर्न सहज हुने सेनाले जनाएको छ ।
व्यासी हरेक वर्ष छ महिना व्यास र छ महिना सदरमुकाम खलङ्गा बस्ने गर्छन् । खलङ्गाको गर्मी छल्न गाउँ उक्लिएका व्यासी चिसो बढेपछि पुनः मङ्सिर पहिलो साता खलङ्गा झर्ने गर्छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण