नर्वेका राजा हेराल्ड बिरामी विदामा बस्ने
एजेन्सी । नर्वेका ८३ वर्षीय राजा हेराल्ड पाँचौँ एक हप्ता विरामी विदामा बस्नुहुनेभएको यहाँको दरबारले जानकारी गराएको छ । गत हप्ता श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना भई उपचारपछि सोमबार घर फर्किएका उनलाई एक साता आराम गर्न चिकित्सकले सल्लाह दिएको बताइएको छ ।
अस्पतालद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “उहाँको स्वास्थ्य अवस्थाको अस्पतालले समीक्षा गरिरहेको छ । हेराल्ड आगामी अक्टोबर ४ गतेसम्म विदामा बस्नुहुनेछ ।” उनान्तीस बर्षदेखि नर्वेको राजागद्दीमा रहेका राजा हेराल्डलाई शुक्रवार बिहान ओस्लो विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई श्वासप्रश्वासको समस्या रहेको बताइएको तर उनलाई कोभिड–१९ सङ्क्रमण भने नभएको दरबारले उल्लेख गरेको छ । उनको अनुपस्थितिमा राजकुमार हाकनले अस्थायी रूपमा जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ ।
सन् १९६४ को टोकियो ओलम्पिकमा भाग लिएका उनी युवाअवस्थामा जलक्रिडामा रमाउने गर्थे । राजा हेराल्डलाई नर्वेजियालीहरूले एकताका प्रतिकका रूपमा हेर्छन् । उनले स्वास्थ्यमा देखिएको समस्याका कारण तत्काल गद्दी त्याग्ने विचार लिइनसकेको बताइएको छ । उनलाई जनवरीमा पनि चक्कर लागेपछि अस्पतालमा एक हप्ता राखिएको थियो ।
करिब २० वर्ष पहिले उनको मुत्राशयमा क्यान्सर देखिएपछि शल्यक्रिया गरिएको थियो । त्यसपछि सोही दशकमा मुटुको ‘भल्भ’ को पनि उपचार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन