कोरोना महामारीका कारण पेरूको समग्र स्वास्थ्य प्रणाली नै सङ्कटमा
काठमाडौं । कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण पेरुको स्वास्थ्य प्रणाली नै जोखिममा रहेको स्वास्थ्य मन्त्री पिलार मज्जेतीले सोमबार चेतावनी दिएका छन् । पहिलो लहरको कोरोना भाइरस सङ्क्रमण केही साम्य हुने क्रममा रहेको तर अक्टोबरमा १ देखि पेरूमा सामाजिक तथा आर्थिक गतिविधिहरू सुरू भएसँगै दोस्रो प्रकोपको जोखिम बढ्ने चेतावनी उनले स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा बताए ।
“यदि हामीले यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकेनौँ भने दोस्रो लहरको महामारी बढ्ने जोखिम हुनेछ जसले पेरूको स्वास्थ्य सेवा प्रणालीमा नै व्यापक असर पर्नेछ ।” स्वास्थ्यसँग सम्वद्ध सबै निकायको सहकार्यका कारण कैयौ नियन्त्रणका उपाय सफल भएको र उच्च रक्तचाप, मधुमेह तथा मृगौलासम्बन्धी समस्याजस्तै दीर्घकालीन रोगका लागि समस्या नआएको तर सचेतना र सतर्कता नभएमा स्वास्थ्य प्रणाली प्रभावित हुने उनको भनाइ थियो ।
सोमबारसम्ममा पेरूमा सङ्क्रमितको सङ्ख्या आठ लाख आठ हजार ७१४ पुगेको छ भने ३२ हजार ३२४ सङ्क्रमितको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु