गल्ली–गल्लीमा नगर प्रहरी : ललितपुरमा शुरु भयो साइकल गस्ती (फोटो)
बुधबार, १४ असोज २०७७, १० : ०३
ललितपुर महानगरपालिकाको नगर प्रहरीले बुधबारदेखि साइकल गस्ती शुरु गरेको छ । महानगरकी उपप्रमुख गीता सत्यालले एक कार्यक्रमबीच साइकल गस्तीको शुरुवात गरेकी हुन् ।
साइकल सिटीको अवधारणा अन्तरगत ललितपुरका हरेक गल्ली र बाटोमा जनताको सेवाका लागि नगर प्रहरी पुग्न सकुन् भनेर महानगरले साइकल गस्ती शुरुवात गरेको सत्यालले जानकारी दिइन् ।
ललितपुरको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले साइकल गस्तीको मद्दतले नगरबासीमा तुरुन्त सहयोग गर्न मद्दत पुर्याउने आशा व्यक्त गरे ।
हाल महानगरले नगर प्रहरीलाई १० वटा साइकल प्रदान गरेको छ । उनीहरुले बिहान १० बजेदेखि ५ बजेसम्म गस्ती गर्नेछन् ।
हाछेथुका अनुसार साइकल गस्ती गर्ने नगर प्रहरीहरुलाई क्यामरा पनि दिइएको छ । क्यामराको मद्दतले उनीहरुलाई समस्या र बेथिति भएका स्थानहरुको फोटो खिचेर रिपोर्टिङ गर्न पनि सहज हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’