आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा पछिल्लो  २४ घण्टामा २३ हजार कोरोना संक्रमित थपिए

सोमबार, १९ असोज २०७७, ०७ : ०३
सोमबार, १९ असोज २०७७

लन्डन – पछिल्लो २४ घन्टाभित्र बेलायतमा झन्डै २३ हजार कोरोना संक्रमित थपिएका छन् । 

विगत दुई सातायता बेलायतमा कोरोनाको दोस्रो लहरको संकेत देखिन थालेपछि संक्रमित संख्या दैनिक रुपमा बढ्दै गएको हो ।

करिब दुई हप्ताअघि दैनिक तीन हजार भन्दा कम संक्रमित रहेको बेलायतमा आइतबारको सार्वजनिक तथ्यांक अनुसार सात गुणाले वृद्धि भएको छ । 

आइतबार राति करिब साँढे नौ बजे सार्वजनिक गरिएको तथ्यांक अनुसार २४ घन्टामा थप २२ हजार ९ सय ६१ जना नयाँ संक्रमित पुष्टि भएको  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । शनिबार सार्वाजनिक तथ्यांकमा पनि अघिल्लो दिनको तुलनामा झन्डै दोब्बर अर्थात १२ हजार ८ सय ७२ नयाँ संक्रमित थपिएका थिए ।

गत २४ सेप्टेम्बर देखि अक्टुबर १ सम्म  सार्वजनिक तथ्यांकमा प्राविधिक गडबडी भएको भन्दै आगामी दिनमा संक्रमितको संख्या अझ बढ्न सक्ने स्वास्थ्य विभागले बताएको छ । यसैगरी गएको २४ घन्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

योसँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ३ सय ५० पुगेको छ । यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ । आइतबार सार्वजनिक गरिएको तथ्यांक अनुसार बेलायतमा ५ लाख २ हजार ९ सय ७८ जना संक्रमित भएका छन् । 

हाल बेलायतका अस्पतालमा २ हजार ४ सय २८ जनाको कोरोना सम्बन्धि उपचार भैरहेको छ भने ३ सय ६८ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप