प्रदेश ५ राजधानी विवाद: काँग्रेस र जसपाले पेस गरे संशोधन प्रस्ताव
बुटवल । प्रदेश ५ मा स्थायी राजधानीको विषयमा विवाद जारी रहेको छ । बुटवल कि दाङ भन्ने पेचिलो बहस जारी रहेकै बेला सरकारले दाङलाई राजधानी बनाउने प्रस्ताव पेस गरेपछि आज फेरि संशोधन प्रस्ताव परेको छ । स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका ४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ । काँग्रेसका रमा अर्याल र पुष्पा थरुनी, जसपाकी पुरमति ढेगा र सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएको प्रदेशसभाका सूचना अधिकारी दिनेश अधिकारीले रातोपाटीलाई जानकारी दिए । उनले ४ सांसदबाट ३ प्रस्ताव दर्ता भएको बताए ।
जसपाका पुरमति ढेगा र सहसराम यादवले प्रदेशको नाम थरुहट र अगध मगरात राख्न प्रस्ताव गरेका छन् । त्यस्तै नेपाली काँग्रेसकी प्रदेशसभा सदस्य पुष्पा थरुनीले रुपन्देहीलाई नै स्थायी राजधानी तोकियोस् भन्ने प्रस्ताव दर्ता गरेकी छिन् । काँग्रेसकै सभासद रमा अर्यालले प्रदेशको स्थायी राजधानी तोक्न बैकल्पिक प्रताव दर्ता गराएकी छिन् ।
उनले पूर्वमा नवलपरासीको बर्दघाट नगरपालिका, पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउँपालिका र दक्षिणमा रुपन्देहीको शिद्धार्थ नगरपालिका चार किल्ला हुने गरी स्थायी मुकाम बनाउनुपर्ने संशोधन प्रस्तावमा उल्लेख गरेकी छिन् ।
यता, प्रदेशसभामा कानुनमन्त्री कुलबहादुर केसीले दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओटगेको राप्ती नदी किनारको मैदान भागलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमा नाम लुम्बिनी राख्ने उल्लेख छ । भर्खरै प्रदेशसभा बैठक सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म
-
पश्चिमबाट पूर्वतर्फ सर्दै बादल, ठाउँ ठाउँमा वर्षा
-
शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श
-
कोहलीको रेकर्ड, सेफर्डको विस्फोटक ब्याटिङ : चेन्नईसामु विशाल लक्ष्य
-
नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको एमालेको निष्कर्ष
-
नागढुङ्गा–नौबिसे सडकखण्ड राति बन्द हुने