प्रदेश ५ राजधानी विवाद: काँग्रेस र जसपाले पेस गरे संशोधन प्रस्ताव
बुटवल । प्रदेश ५ मा स्थायी राजधानीको विषयमा विवाद जारी रहेको छ । बुटवल कि दाङ भन्ने पेचिलो बहस जारी रहेकै बेला सरकारले दाङलाई राजधानी बनाउने प्रस्ताव पेस गरेपछि आज फेरि संशोधन प्रस्ताव परेको छ । स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका ४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ । काँग्रेसका रमा अर्याल र पुष्पा थरुनी, जसपाकी पुरमति ढेगा र सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएको प्रदेशसभाका सूचना अधिकारी दिनेश अधिकारीले रातोपाटीलाई जानकारी दिए । उनले ४ सांसदबाट ३ प्रस्ताव दर्ता भएको बताए ।
जसपाका पुरमति ढेगा र सहसराम यादवले प्रदेशको नाम थरुहट र अगध मगरात राख्न प्रस्ताव गरेका छन् । त्यस्तै नेपाली काँग्रेसकी प्रदेशसभा सदस्य पुष्पा थरुनीले रुपन्देहीलाई नै स्थायी राजधानी तोकियोस् भन्ने प्रस्ताव दर्ता गरेकी छिन् । काँग्रेसकै सभासद रमा अर्यालले प्रदेशको स्थायी राजधानी तोक्न बैकल्पिक प्रताव दर्ता गराएकी छिन् ।
उनले पूर्वमा नवलपरासीको बर्दघाट नगरपालिका, पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउँपालिका र दक्षिणमा रुपन्देहीको शिद्धार्थ नगरपालिका चार किल्ला हुने गरी स्थायी मुकाम बनाउनुपर्ने संशोधन प्रस्तावमा उल्लेख गरेकी छिन् ।
यता, प्रदेशसभामा कानुनमन्त्री कुलबहादुर केसीले दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओटगेको राप्ती नदी किनारको मैदान भागलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमा नाम लुम्बिनी राख्ने उल्लेख छ । भर्खरै प्रदेशसभा बैठक सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण