बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी

मङ्गलबार, २७ असोज २०७७, १३ : १६
मङ्गलबार, २७ असोज २०७७

एजेन्सी । भारतमा दैनिक कोरोना सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । सरकारी अधिकारीहरुले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै सङ्क्रमित हुने गरेको देखिएको बताएका छन् । केही समय अगाडिसम्म दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित हुने गरेकोमा अहिले घटेर ६० हजारभन्दा तल पुगेको हो । 

भारतमा एकैदिनमा सङ्क्रमित भएकाहरुको सङ्ख्यामध्ये सवैभन्दा धेरै गत सेप्टेम्बर १७ का दिन ९७ हजार ८९४ पुगेको थियो । अहिले भारतमा कुल सङ्क्रमितको सङ्या ७१ लाख ७५ हजार ८८० भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्लबार जनाएको छ । 

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ५५ हजार ३४२ जना सङ्क्रमित भएका छन् भने ७०६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख नौ हजार ८५६ पुगेको छ ।  भारतमा अहिले पनि सङ्क्रमित अवस्थामा नै रहेकाहरुको कुल सङ्ख्या नौ लाखभन्दा कम भएको निरन्तर पाँच दिन भएको अधिकारीहरुले जनाएका छन् । 

उनीहरुका अनुसार भारतमा अहिले आठ लाख ३८ हजार ७३९ जना सङ्क्रमित अवस्थामा नै रहेका छन् ।  भारतमा कुल सङ्क्रमितमध्ये मृत्यु भएकाहरुको दर १.५३ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप