राजनीति
कांग्रेस संसदीय दलको बैठक स्थगित
बिहीबार, २७ वैशाख २०८१, १० : ५१
काठमाडौँ । कांग्रेस संसदीय दलको बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ ।
पूर्वमन्त्री, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित गरिएको हो । गुरुङको बैशाख २५ गते निधन भएको थियो भने आज अन्त्येष्टि गरिँदैछ ।
शुक्रबारदेखि सुरु हुने संसद बैठकमा पार्टीको रणनीति तय गर्न कांग्रेसले बिहीबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हालमा बैठक बोलाएको थियो ।
कांग्रेस संसदीय दलको कार्यालयका अनुसार अब संसदीय दल कार्यसमितिको बैठक शुक्रबार विहान ८ बजे र संसदीय दलको बैठक ८ः३० बजे तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण