सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेस संसदीय दलको बैठक स्थगित

बिहीबार, २७ वैशाख २०८१, १० : ५१
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । कांग्रेस संसदीय दलको बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ ।  

पूर्वमन्त्री, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं  संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित गरिएको हो । गुरुङको बैशाख २५ गते निधन भएको थियो भने आज अन्त्येष्टि गरिँदैछ ।  

शुक्रबारदेखि सुरु हुने संसद बैठकमा पार्टीको रणनीति तय गर्न कांग्रेसले  बिहीबार दिउँसो २ बजे  नयाँ बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हालमा बैठक बोलाएको थियो । 

कांग्रेस संसदीय दलको कार्यालयका अनुसार  अब संसदीय दल कार्यसमितिको बैठक शुक्रबार विहान ८ बजे र संसदीय दलको बैठक ८ः३० बजे तय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप