ललितपुरमा नदी तथा खानीजन्य पदार्थको उत्खनन र बिक्री वितरण बन्द गर्न आग्रह
जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाभित्र मापदण्ड विपरीत सञ्चालित ढुङ्गा, बालुवालगायत नदी तथा खानीजन्य पदार्थको उत्खनन, ओसारप्रसार, भण्डारण र बिक्रीवितरणसँग सम्बन्धित सबै उद्योग एवं अन्य गतिविधि बन्द गर्न आग्रह गरेको छ । सहायक प्रजिअ ललितकुमार बस्नेतले आज सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि सो कार्य बन्द गर्न अनुरोध गरेका हुन् ।
प्रजिअ नारायणप्रसाद भट्टका अध्यक्षतामा प्रतिनिधिसभा र वाग्मती प्रदेशसभाका सदस्यका साथै स्थानीय जनप्रतिनिधि, एवं सरोकार निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको जनाइएको छ ।
उक्त सूचनामा नदी तथा खानीजन्य पदार्थको व्यवस्थापन सम्बन्धमा अध्ययन र अनुगमन गरी सुझाव पेश गर्न डिभिजन वन कार्यालय र ललितपुरका कार्यालय प्रमुखको संयोजकत्वमा सम्बद्ध अन्य निकायका प्रतिनिधि रहेको कार्यदल गठन गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले अब सबैखाले विपद्बाट क्षति भएका घरको पुनर्निर्माण गर्न अनुदान दिने
-
दैलेखमा चट्याङ पर्दा ३ जना विद्यार्थी घाइते
-
सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति
-
रविलाई दिइएको ‘क्लिन चिट’ विवादमा, महान्यायाधिवक्तामाथि मुद्दा चल्ने खतरा !
-
कार्यकर्तालाई इमानदार बन्न एमाले अध्यक्ष ओलीको आग्रह
-
सरकारले सहकारी ठगीमा संलग्नलाई संरक्षण गर्न थाल्यो : नैनसिंह महर