५ वर्षपछि पुरानै अवस्थामा रानीपोखरी, राष्ट्रपतिले गरिन् उद्घाटन (तस्बिरमा हेर्नुहोस्)
काठमाडौं । ५ वर्षअघिको भूकम्पले क्षति पुर्याएको ऐतिहासिक रानीपोखरी र नजिकै रहेको दरबार हाइस्कुलको पुनर्निर्माणपछि उद्घाटन गरिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी हुन् । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी समेत रहेका थिए ।
२०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले क्षतिग्रस्त रानीपोखरीको सोही बर्षको माघ २ गते पुनर्निर्माणका लागि शिलान्यास गरिएको थियो । अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्दिर पुरानै स्वरुपमा तयार भएको राष्ट्रिय पुनर्निमाण प्राधिकरणले जनाएको छ । रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदा पनि छिट्टै पुनर्निर्माण सकिने आशा व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले रानीपोखरी र दरबार हाइस्कुलको पुनर्निर्माण सकिएकोमा खुसी लागेको बताएकी छन् । रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पमा क्षति भएका संरचनाको बलियो गरी पुनर्निर्माण सकिने बताइन् । ‘भूकम्पबाट क्षतविक्षत भएका हाम्रा साँस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनर्निर्माण गर्नेछौँ,’ उनले भनिन् ।
२०७२ वैशाख १२ गते गएको भूकम्पमा परी क्षति भएको रानीपोखरीको २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले नै शिलान्याश गरेकी थिइन्।
रानीपोखरीको किनारमा उभिएर गरिएको अठोट पुरा भएकोमा आफूलाई खुसी लागेको भण्डारीको भनाइ छ।

भूकम्पबाट क्षतिग्रस्त बाँकी संरचनाहरूको पुनर्निर्माण पनि छिट्टै सम्पन्न हुने उनको विश्वास छ ।
परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरले पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको उनले बताइन् ।
प्राधिकरणले तयार पारेको रत्नपार्कदेखि दशरथ रंगशाललाई जोडी तयार पारेको गुरु योजनाको भण्डारीले प्रशंसा गरेकी छन्।

’प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी वृहत्तर गुरुयोजना तयार पारेको जानकारी पाउँदा खुसी लागेको छ,’ उनले भनिन् ।
पुनर्निर्माण हुँदै गरेको धरहरा र गुरुयोजनाले काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध हुने उनको भनाइ छ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण