किन आए रअ प्रमुख : सानेपा र नक्सालमा गोप्य भेटघाट !
भारतीय गुप्तचार संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त गोयलसहित नौजनाको टोली काठमाडौँ आउनुमा सत्तारुढ नेकपाभित्रको विवादलाई गिजोल्नुबाहेक अन्य खास केही नभएको सुरक्षा अधिकारीहरुको छ । भारतसँग सीमा विवाद चुलिएका बेला सत्तारुढ दल नेकपामा किचलो देखिएकाले सुरक्षाअधिकारीहरु गोयलको भ्रमणलाई पनि त्यसैसँग जोडेर विश्लेषण गर्छन् ।
रअ प्रमुखको नेपाल भ्रमणबारे कुनै औपचारिक जानकारी नभएपनि सीमा विवादबारे विभिन्न दलका नेताहरुसँग उनले छलफल गर्ने कार्यक्रम रहेको एक उच्च अधिकारीले जानकारी दिएका छन् । तर, कुन तहको राजनीतिक भेटघाट भन्ने बारे केही खुलेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानसेनापति पूर्णचन्द्र थापा राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा व्यस्त भएकाले बुधबार राति रअका अधिकारीहरुले सरकारी अंगका प्रमुखहरुलाई भेट गर्ने अवसर नपाएको स्रोतको दाबी छ ।
तर उनीहरुले सत्तारुढ दलका केही नेता र प्रमुख प्रतिपक्षी दलका नेताहरुसँग भने छुट्टाछुट्टै भेटघाट गरेको स्रोतको दाबी छ । ‘नक्साल र सानेपास्थित होटलमा उनीहरुले बेग्लाबेग्लै भेटघाट गरेका छन्,’ राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले भने, ‘त्यसमा रअका प्रमुख आफै सहभागी भएका छने् ।’
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण