नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
सारांश
- नेपाल टेलिकमले २०८३ साउन १ गतेदेखि सिमकार्ड हराएमा वा बिग्रिएमा अनलाइनमार्फत नयाँ सिम लिन सकिने सेवा सुरु गरेको छ ।
- सेवाग्राहीले esim.ntc.net.np मा लगइन गरी 'Apply for Lost/Damaged SIM' मा क्लिक गरेर आवश्यक विवरण भरी नयाँ सिम लिन सक्नेछन् ।
- नयाँ सिम लिनका लागि ५० रुपैयाँ लाग्नेछ र ग्राहक स्वयं वा प्रतिनिधिमार्फत काउन्टरमा उपस्थित भई सिमकार्ड लिन सकिनेछ ।
काठमाडौँ । नेपाल टेलिकमको सिमकार्ड (फिजिकल वा ई–सिम) हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ । नेपाल टेलिकमले २०८३ साउन १ गतेदेखि यो सेवाको शुभारम्भ गरेको हो ।
यसरी हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ फिजिकल वा ई–सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.np मा लगइन गर्नुपर्नेछ । त्यहाँ रहेको ‘Apply for Lost/Damaged SIM’ मा क्लिक गरेपछि दिइएको निर्देशन अनुसार रजिष्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्ने टेलिकमले जनाएको छ ।
- काउन्टरमा प्रतिनिधि पठाएर पनि सिम लिन मिल्ने
अनलाइनमा सम्पूर्ण विवरण भरिसकेपछि ग्राहक स्वयम् काउन्टरमा उपस्थित भएर वा आफ्नो प्रतिनिधिमार्फत उक्त सिमकार्ड लिन सक्छन् । यसका लागि आवश्यक ५० रुपैयाँ काउन्टरमै तिर्नुपर्नेछ ।
यदि ग्राहक आफैँ उपस्थित हुन नसकेमा काउन्टरमा आउने प्रतिनिधिको नाम समेत अनलाइन फारममै उल्लेख गर्नुपर्नेछ । काउन्टरमा आउने प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजात समेत उपलब्ध गराउनु पर्नेछ । ग्राहकको गोपनीयता र आवश्यक सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए ।
हाल esim.ntc.net.np पोर्टलमा नयाँ प्रिपेड ई–सिम लिन, फिजिकल सिमलाई ई–सिम बनाउन, नयाँ फिजिकल सिम लिन र ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्नका लागि आवश्यक केवाईसी पोर्टल समेत उपलब्ध छ । यसै पोर्टलमा अहिले हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम लिन सकिने सुविधा थप गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण