पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
एजेन्सी । अर्जेन्टिना र इङ्ग्ल्यान्डबिचको विश्वकप सेमिफाइनलपछि एउटा रोचक दृश्य देखियो ।
खेल सकिएपछि अर्जेन्टिनाका केही खेलाडी इङ्ग्लिस गोलरक्षक जोर्डन पिकफोर्डको पानीको बोतल नजिक पुगेर त्यसमा लेखिएको विवरण उत्सुकतापूर्वक हेर्दै गरेको देखिएका थिए ।
पिकफोर्डले खेल पेनाल्टी सुटआउटमा पुगेको अवस्थामा अर्जेन्टिनाका प्रत्येक सम्भावित पेनाल्टी प्रहारकर्ताले कुन दिशामा प्रहार गर्न सक्छन् भन्ने अनुमानसहितको ‘चिट सिट’ पानीको बोतलमा टाँसेर राखेका थिए । महत्त्वपूर्ण खेलअघि यस्तो तयारी गोलरक्षकहरूले गर्ने सामान्य रणनीतिमध्ये एक मानिन्छ ।
यद्यपि अर्जेन्टिनाले निर्धारित समयमै २–१ को जित निकाल्दै फाइनलमा स्थान बनाएपछि खेल पेनाल्टी सुटआटसम्म पुगेन । त्यसैले पिकफोर्डले तयार पारेको योजना प्रयोगमै आएन ।
तर खेलपछि अर्जेन्टिनी खेलाडीहरूले उनको पानीको बोतलमा लेखिएको नोट चासोपूर्वक हेरेपछि त्यो दृश्यले मैदानमा उपस्थित खेलाडी र समर्थकबिच रमाइलो क्षण सिर्जना गरेको थियो । पिकफोर्डको चतुर तयारी प्रयोगमा नआए पनि त्यसले सबैको ध्यान भने खिच्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण