‘बाहुबली’ निर्देशक राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ विवादमा
मुम्बई । चर्चित फिल्म ‘बाहुबली’ का निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ विवादमा फसेको छ । बीजेपीले फिल्मको फष्टलुक परिवर्तन गर्न माग गरेको हो । परिवर्तन नगरेमा थिएटर जलाउने धम्की समेत दिइएको छ ।
केही दिन पहिले फिल्मका कलाकार जुनियर एनटीआरको फष्टलुक सार्वजनिक भएको थियो । जसमा उनी कोमराम भीमको भूमिकामा देखिएका थिए । फष्टलुकमा उनले कुर्ता, पाइजामा र मुस्लिम टोपी लगाइएका छन् । तेलङ्गाना भाजपाले फ्रिडम फाइटर र उनको पहिरनको बिषयमा प्रश्न उठाएका छन् ।
‘राजमौलीले सनसनी फैलाउन कोमराम भीमलाई टोपी लगाउन दिएको हो’ सांसद बांदी संजयले भने, ‘हामी यो कहिलै स्वीकार गर्दैनौ ।’ यस बिषयमा सांसद सायम बापुले पनि आदिवासी नेतालाई मुस्लिम सुरमा, मुस्लिम टोपी र कुर्ता पाइजामामा देखाउनु गलत भएको टिप्पणी गरेका छन् । कोमरामको लुक्सलाई गलत तरिकाले प्रस्तुत गरियो भने आफुहरु थिएटर्स समेत जलाउन संकोच नगर्ने समेत भनिएको छ ।
फिल्ममा जुनियर एनटीआरको अलवा रामचरण, आलिया भट्ट, अजय देवगण, श्रीया सरनको मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वित्त बजार र अर्थतन्त्रमा प्रदेश बजेटले के परिवर्तन ल्याउला ?
-
मुख्य राजमार्गको अवस्था : कतै पहिरो, कतै मर्मतले सडक अवरुद्ध
-
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए कोलम्बिया र कङ्गो
-
रौतहटमा चोरी भएको ३० मिनेट भित्रै मोटरसाइकलसहित २ जना पक्राउ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आन्तरिक स्रोतमा कर्णालीको ‘कन्तबिजोग’: आम्दानीमा उल्लेख्य सुधार नआउँदा घटाइयो लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण