अमेरिकी चुनावमा अहिलेसम्म के–के भयो ?
– अमेरिकाका थुप्रै हिस्सामा मतदातालाई अटोमेटेड फोन कल्स गए जसमा आज मतदान नगर्न भनिएको थियो । अधिकारीले मतदातालाई यस्ता फोन कल्स नसुन्न आग्रह गर्दै मतदानमा भाग लिन अपिल गरे ।
– उत्तरी क्यारलाइनाको चुनावी नतिजामा कम्तीमा ४५ मिनेट ढिलाई हुनेछ किनभने चार मतदान केन्द्रमा बिहान मतदान ढिलो सुरु भयो । प्राविधिक गडबडीका कारण यस्तो भएको हो ।
– डेमोक्रेटिक पार्टीका उम्मेद्वारा जो बाइडन अहिले थुप्रै पोल्समा अगाडि छन् तर महत्वपूर्ण राज्यमा रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्पसँग उनको ठूलै टक्कर छ । यसपटक चुनाव निकै उल्झिएको छ ।
– दुबै उम्मेद्वार ट्रम्प र बाइडनको मतदानको दिन व्यस्तता जारी छ । ट्रम्प आरएनसी स्टाफसँग अर्लिङ्टन र भर्जिनियामा भेट्न गए जबकि बाइडन आफ्नो गृहनगर स्क्रेन्टन र पेन्सोवेनिया गए ।
– यसपटकको मतदानमा मानिसहरुको सहभागिता ऐतिहासिक रुपमा धेरै हुने अनुमान गरिएको छ ।
इन्डियानामा ट्रम्पको जीतको अनुमान:
इन्डियानामा राष्ट्रपति डोनल्ड ट्रम्पको जीत भएको बताइएको छ । यो राज्य उपराष्ट्रपति माइक पेन्सको गृह राज्य हो र यहाँ साधारणतया रिपब्लिकन पार्टीको नै जीत हुन्छ । इन्डियानामा ११ इलेक्टोरल कलेज भोट छन् ।
इलेक्टोरल कलेज के हो ?
इलेक्टोरल कलेजमार्फत् ५३८ इलेक्टर्सलाई छानिन्छ । यी इलेक्टर्सले नै अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको निर्णय गर्छ । जब मतदाता तीन नोभेम्बर मंगलबार मतदान गर्न जान्छन् तब उनीहरुले आफूलाई मन परेको उम्मेद्वारका इलेक्टर्सलाई आफ्नो राज्यमा छान्नेछन् ।
जो उम्मेद्वारले इलेक्टोरल भोट्सको बहुमत हासिल गर्नेछ ती व्यक्ति अमेरिकाको अर्को राष्ट्रपति हुनेछन् । ५३८ इलेक्टर्समा ४३५ रिप्रेजेन्टेटिव्स, १०० सिनेटर्स र तीन डिस्ट्रिक्ट अफ कोलम्बियाका इलेक्टर्स हुन्छन् । हरेक चार वर्षपछि अमेरिकी मतदाता राष्ट्रपति र उपराष्ट्रपतिका लागि भोट गर्छन् । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा
-
एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
-
कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश
-
‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन विदा’ दिने प्रस्ताव