प्रिमियर लिगमा बर्नमथसँग हार्यो आर्सनल
आइतबार, २१ वैशाख २०८२, ०५ : ३७
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । आर्सनललाई बर्नमथले २-१ ले हराएको हो । सुरुवाती अग्रताजोगाउन नसक्दा आर्सनलले घरेलु मैदान मै हार भोग्नु पर्यो ।
आर्सनलका लागि डेक्लान राइसले गोल गरेका हुन् । जवाफमा बर्नमथका डीन हुइजसेन र इवानिलसनले गोल गरे । यो हारले आर्सनललाई घाटा लागेको छ । लिभरपुलले उपाधि जितिसकेको अवस्थामा दोस्रो र तेस्रो हुनेको टुंगो लाग्न बाँकी छ ।
प्रिमियर लिग मै लेस्टर सिटीले साउथह्याम्पटनलाई २-० ले हराउँदा एस्टन भिल्लाले फुलहमलाई १-० ले हरायो । यस्तै, एभर्टन र इप्सविच टाउनले २-२ को बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण