मधेशमा छ यी दुई साइकलको चर्चा (फोटोफिचर)
जनकपुर । केही बर्ष अगाडिसम्म तराई–मधेशमा यातायातको प्रमुख साधन मानिथ्यो साइकल । साईकल चढ्नु रवाफ र प्रतिष्ठासँग जोडेर हेर्ने गरिन्थ्यो । त्यसबेला साईकल बिरलैले मात्र चढ्ने गर्थे । तर, अहिले यो आम मानिसको साधन बनेको छ ।
रवाफ र प्रतिष्ठाका लागि नभएर यो दैनिक जीवनको पर्याय बनेको छ । तराई-मशेधका हरेक घरमा हुन्छन् साइकल । कसैको एउटा त कसैको त्यसभन्दा धेरै । तराई–मधेशमा साइकल जीवनशैली नै हो । धनी होस् वा गरिव, पुरुष होउन् वा महिला सबैसँग साइलक जोडिएर आउँछ ।
घण्टौं टाढाको विध्यालय आउन जान होस् वा बारिको साग, काउली गाँउकै बजारसम्म लगेर बेच्न होस् साईकलले किसान देखि विद्यार्थीसम्म सबैको काममा सहजता ल्याउने गरेको छ ।
बाटो घाटो, पुल, कल्भर्ट लगायतका पूर्वाधार अभावले तराई मधेशका अधिकांश गाउँमा गाडीको आवत जावतमा समस्या छ । उनीहरुका लागि साईकल पजेरो हो ।
यति हुँदाहुँदै पनि पछिल्ला बर्षहरुमा गाडी र मोटरसाइकलले तराई(मधेशमा साइकलको चर्चा कम हुँदै जान थालेको थियो । तर, यो चुनावले फेरि तराई मधेशमा साइकलको चर्चा शिखरमा छ । चर्चा यसकारण कि, साइकललाई ६ वटा पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो चुनाव चिन्ह बनायो । राजेन्द्र महतोजस्ता नेताले साइकल चढेर चुनाव चिन्हको प्रचार गरे । साइलकमा छाप लगाउन भन्दै राजपाले खुवै प्रचार गर्यो ।
साइकलमै साइकलको झन्डा बोकेर चुनावी प्रचार गरियो ।
यसकारण अहिले दैनिक जीवनसँग जोडिएको साइकल जस्तै राजपाको साइकलको चर्चा छ । तर, दुई नम्वरको स्थानीय तहको चुनावी नतिजामा चाहीँ साइकल अलि पछाडि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण