मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

दुश्मन शक्तिशाली भए चाणक्यको यो नीतिलाई कहिले नभुल्नुुस्, हुनेछ जीत

मङ्गलबार, २५ कात्तिक २०७७, १० : ०६
मङ्गलबार, २५ कात्तिक २०७७

चाणक्य नीतिले व्यक्तिलाई जीवनमा सफल हुनका लागि प्रेरित गर्छ । चाणक्य नीतिलाई जसले अनुसरण गर्छ उसले कहिले पनि हानी व्यवहोर्नु नपर्ने दाबी गरिन्छ ।

चाणक्यलाई विश्वास गर्ने हो भने हरेक व्यक्तिमा कुनै न कुनै प्रतिभा पक्कै पनि हुन्छ । यो प्रतिभाको बलमा व्यक्ति सफलता प्राप्त गर्छ । सफल व्यक्तिका थुप्रै शत्रु पनि हुन्छन् जो उसको सफलतामाथि डाहा गर्छन् । यी शत्रुले बाधा पुर्याउने काम पनि गर्छन् । सफलताको गतीलाई कम गर्ने कोसिस पनि गर्छन् । चाणक्यका अनुसार शत्रु असाध्यै शक्तिशाली छन् भने यी कुरा ध्यानमा राख्नुपर्छ ।

शत्रुको शक्ति पहिचान गर्नुहोस्ः

चाणक्यका अनुसार शत्रु अर्थात् दुश्मनको शक्तिलाई जान्न र बुझ्नमा कुनै गल्ती गर्नु हुँदैन । शत्रुलाई जबसम्म राम्रो तरिकाले बुझ्नुहुन्नँ तबसम्म उसलाई पराजित गर्न मुश्किल हुन्छ । शत्रुको हरेक गतिविधिमाथि नजर राख्नुपर्छ र त्यसै अनुसार आफ्नो राणनीतिमा परिवर्तन गर्नुपर्छ ।

शत्रु जब असाध्यै शक्तिशाली भएः

चाणक्य नीतिका अनुसार शत्रु जब असाध्यै शक्तिशाली छन् भने लुक्नु नै राम्रो हो । शक्तिशाली शत्रुको अगाडि कहिले पनि कमजोर अवस्थामा जानु हुँदैन नभए हार सुनिश्चित छ । शक्तिशाली शत्रुलाई पराजित गर्नका लागि लुकेर उसको कमजोरीको अध्ययन गर्नुपर्छ र उचित समयको प्रतिक्षा गर्नुपर्छ । शत्रुलाई पराजित गर्नका लागि संयम र आत्मविश्वासको महत्वपूर्ण योगदान हुन्छ ।

आफ्नो शक्तिलाई निरन्तर बढाउनुहोस्ः

चाणक्यका अनुसार व्यक्तिले सधैं आफ्नो शक्ति र प्रतिभा निखार्नुपर्छ । व्यक्ति जब स्थिर हुन्छ वा सन्तुष्ट हुन्छ तब शत्रु आफ्नो चाल चाल्न थाल्छन् । तसर्थ, व्यक्तिले सधैं आफ्नो शक्ति बढाउने दिशामा प्रयास गर्नुपर्छ ।

आफ्नो योजनाबारे खुलासा नगर्नुहोस्ः

चाणक्यका अनुसार जब व्यक्ति कुनै विशेष लक्ष्य प्राप्तिमा लीन हुन्छ भने उसले कहिले पनि आफ्नो योजना खुलासा गर्नु हुँदैन । समय अगावै योजनाबारे पत्ता लगाउँदा प्रतिद्वन्द्वी र शत्रु सक्रिय हुन्छन् र तपाईंलाई हानी पुर्याउने प्रयास गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप