पार्टी महाधिवेशन सर्न सक्छः सहमहामन्त्री महत
लमही । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको फागुनमा गर्ने भनिएको महाधिवेशन केही समय सर्न सक्ने बताएका छन् । काँग्रेस दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना भाइरसको जोखिमका कारण बन्दाबन्दी हुँदा चारपाँच महिना पार्टीले तयारी गर्न नसकेकाले फागुनमै महाधिवेशन गर्न समस्या देखिएको स्पष्ट गरे ।
‘‘अहिलेसम्म क्रियाशील सदस्यता टुङ्गिएको छैन, यो टुङ्ग्याउन माघ महिनासम्म लाग्न सक्छ’’, डा. महतले भने । माघसम्म जिल्लाबाट क्रियाशील सदस्यता टुङ्ग्याएर पठाइएपछि केन्द्रले चैतसम्म छानबिन गरेर टुङ्गो लगाएपछि आगामी भदौ महिनासम्म महाधिवेशन गर्न सकिने उनको भनाइ थियो ।
फागुनमै महाधिवेशन गर्न असम्भव रहेको सबै नेताहरुले महसुस गरेको जनाउँदै डा.महतले छिट्टै केन्द्रीय समितिको बैठकले महाधिवेशनका लागि नयाँ मिति तय गर्नेसमेत जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण