शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

मङ्गलबार, १६ मङ्सिर २०७७, ११ : ४७
मङ्गलबार, १६ मङ्सिर २०७७

भक्तपुरमा ट्राफिक आइल्याण्डमा स्कुटर ठोक्किएर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । सोमबार राति मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४, एस.एस. चोक नजिकै भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा. ७३ प ३८२ नम्बरको स्कुटर अनियन्त्रित भई ट्राफिक आइल्याण्डमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । 

उक्त दुर्घटनामा स्कुटर चालक मध्यपुरथिमी–९, राधेराधे बस्ने २९ वर्षीय राजु तामाङको उपचारको क्रममा मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिए । 
गम्भीर घाइते तामाङको मध्यपुर अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि नर्भिक अस्पताल लगिएकोमा त्यहाँ पुग्नेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । 

घटनास्थलमा महानगरीय प्रहरी वृत्त थिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिइ प्रारम्भिक अनुसन्धान कार्य गरिएको र थप अनुसन्धान भइरहेको परिसरका डीएसपी गिरीले जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप