शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कंगनालाई अनावश्यक महत्व दिइयोः उर्मिला

बुधबार, १७ मङ्सिर २०७७, ०९ : ३२
बुधबार, १७ मङ्सिर २०७७

बलिउड अभिनेत्री उर्मिला मातोंडकर शिवसेनामा संलग्न भएपछि एकपटक पुनः अभिनेत्री कंगना रनौतमाथि निशाना साँधेकी छिन् ।

उर्मिलाले कंगनालाई ‘अनावश्यक महत्व’ दिइएको बताएकी छिन् ।

बिजेपी र शिवसेनाबीच त्यतिबेला वाकयुद्ध चरम अवस्थामा पुग्यो जब कंगनाले मुम्बईको तुलना पाकिस्तान प्रशासित कश्मिरसँग गरिदिइन् ।

उनले सुशान्त सिंह राजपूतको मृत्युको सिलसिलामा दिएको बयानका बेला यो पनि बयान दिएका थिए । कंगना र उर्मिलाबीच धेरै पटक ‘तँतँ, मम’ भइसक्यो ।

त्यतिबेला उर्मिलाले कंगनालाई भनेकी थिइन्, ‘पूरा देश ड्रगको अभिशाप झेलिरहेको छ । के उनलाई (कंगनालाई) थाहा छैन कि हिमाचलमा नै ड्रग्स जन्मिरहेको छ । उनले आफ्नो घर नै सफा गरेर यसको सुरुवात गर्नुपर्छ ।’

उर्मिलाले के भनिन् ?

उर्मिलाले शिवसेनाको सदस्यता लिएपछि आफ्नो पहिलो प्रतिक्रियाका बेला भनिन्, ‘यसअघि गरिएको साक्षात्कारमा मलाई धेरैजसो प्रश्न कंगनाको विषयमा सोधियो । मलाई लाग्छ कि कंगनालाई अनावश्यक महत्व दिइएको छ । मलाई लाग्दैन कि उनलाई थप महत्व दिनुपर्छ ।’

उर्मिलाले उनको नाम विधान परिषदको सदस्यताका लागि बढाइने कुराको पनि पुष्टि गरेकी छिन् ।

यसअघि शिवसेना स्रोतले उर्मिला मातोंडकरको नाम राज्यपाल कोटेबाट विधान परिषदको सदस्यताका लागि बढाइने बताएको थियो ।

उर्मिलाले यसको पुष्टि गर्दै भनिन्, ‘मेरो नाम विधान परिषदका लागि राज्यपालमा पठाइने बारे जानकारी दिइएको छ । म आफ्नो राजनीतिक जीवनमा महिलाको मुद्दामाथि काम गर्न चाहन्छु ।’

जब उनलाई कांग्रेस छोड्नुको कारणबारे सोधियो तब उनले भनिन्, ‘मैले पार्टी छोडेकी थिएँ, जनसेवा होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप