ओलीपछि प्रचण्ड र राष्ट्रपति भण्डारीबीच एक घण्टा वार्ता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् । पार्टीभित्र बढेको विवादका बीच प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न बिहीवार साँझ राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् ।
यसअघि बिहीबारै प्रधानमन्त्री केपी शर्माओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास गएका थिए । प्रधानमन्त्री ओली र राष्ट्पतिबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । राष्ट्पति र अध्यक्ष प्रचण्डबीच भने करिब एक घण्टा भेटवार्ता भएको छ । नेकपामा विवाद बढ्ने बित्तिकै नेताहरु शीतलनिवास जाने गरेका छन् ।
नेकपाको विवादमा राष्ट्पतिले समेत चासो देखाउने गरेकी छन् । यसअघि पनि राष्ट्रपति भण्डारीले नेताहरुलाई बोलाएर पार्टी एकता नटुटाउन आग्रह गरेकी थिइन् । श्रोतका अनुसार आजको भेटमा पनि राष्ट्रपतिले पार्टीमा बढेको विवादबारे चासो राखेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण