शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा प्लाइ उद्योगमा आगलागी

शुक्रबार, १९ मङ्सिर २०७७, १५ : १०
शुक्रबार, १९ मङ्सिर २०७७

झापा । झापाको बिर्तामोड–२ चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा विद्युत् चुहिएर आगलागी भएको छ । यसबाट उद्योगमा रहेको फन्टिफेन नामक काठको सामग्री र  सिलिङ चेम्बरमा  रु ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । 

स्थानीय होमप्रसाद घिमिरे सञ्चालन गर्नुभएको सो  उद्योगमा आज आज बिहान आगलागी भएको थियो ।  आगलागी भएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनी,  प्रदेश नं १  विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र बेश क्याम्प शनिश्चरेबाट संयुक्त प्रहरी टोली खटिएको थियो । आगो दमक, भद्रपुर र बिर्तामोडका बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रनाउ थापाले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप