शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कलेजो स्वस्थ राख्ने ५ खानेकुरा

शुक्रबार, २६ मङ्सिर २०७७, १३ : ४१
शुक्रबार, २६ मङ्सिर २०७७

एजेन्सी-शरीरलाई स्वस्थ राख्न जिब्रोको स्वादका लागि भन्दा पनि शरीरका अंगहरुलाई स्वस्थ राख्ने खानेकुरा खाने गर्नुपर्छ । हामीले खाने खानेकुराले हाम्रो मिर्गौला र कलेजालाई सिधा असर पुर्याउँछ । त्यसैले स्वास्थ्यका लागि सबैभन्दा आवश्यक खानेकुरा खाने गर्नुपर्छ ।

कलेजो शरीरका अंगहरुमध्ये महत्त्वपूर्ण अंग हो । यसले शरीरलाई डिटोक्स गराउँछ । कलेजो स्वस्थ राख्नका लागि कलेजो पनि स्वस्थ रहन आवश्यक छ । 

चुकन्दर 
कलेजो स्वस्थ राख्ने सबैभन्दा महत्त्वपूर्ण खानेकुरामा चुकन्दर सबैभन्दा महत्त्वपूर्ण खानेकुरा हो । चुकन्दरमा एन्टिअक्सिडेन्ट, मिनरल्स र भिटामिन जस्ता पदार्थहरु पाइन्छ । यसले शरीरभित्रका विषाक्त पदार्थहरु बाहिर निकाल्छ । 

क्यानबेरी र ब्लूबेरी
क्यानबेरी र ब्लूबेरी जस्ता खानेकुरा कलेजो फाइदाजनक हुन्छ । यी बेरीमा एनथोसायनिन पाइन्छ । कलेजोको रोग प्रतिरोधी क्षमता बढाउँछ । साथै, कलेजोलाई जुनसुकै नोक्सानबाट बचाउँछ ।

लसुन 
लसुन हरेक घरमा पाइन्छ । यसमा एलिसिन नामक तत्व पाइन्छ । जसले शरीरलाई पूरै डिटोक्स गराउँछ । यसमा एन्टिबायोटिक र एन्टिअक्सिडेन्ट जस्ता पदार्थहरु पाइन्छ । 

भोगटे 
कागती र मौसम जस्तै भोगटे कलेजोका लागि फाइदाजनक हुन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले कलेजो सुन्निने समस्या कम गर्छ । यसले कलेजोसँग जोडिएका कोशिकाहरुलाई सुरक्षा प्रदान गर्छ । 

अदुवा, धनिया र बेसार 
यसका साथै, अदुवा, धनिया र बेसारले शरीरलाई डिटोक्स गराउँछ र यसलाई निकै शक्तिशाली पनि मानिन्छ । यसले कलेजोलाई मजबुत बनाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप