कोरियोग्राफर रेमोलाई हृदयघात
शनिबार, २७ मङ्सिर २०७७, ०८ : ५२

बलिउड कोरियोग्राफर तथा फिल्ममेकर रेमो डिसुजालाई शुक्रबार दिउँसो २ः३० बजे हृदयघात भएको छ । त्यसपछि उनलाई कोकिलाबेन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उनको एन्जियोप्लास्टी सर्जरी गरिएको बताइएको छ ।
रेमो मुटुबाट ‘ब्लकेज’ हटाएर उनलाई आईसीयूमा सारिएको छ । रेमोसँग उनको पत्नी लिजेल साथमा रहेकी थिइन् । अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
४६ वर्षीय रेमो अहिले ठीक रहेको र उनको स्वास्थ्य सुधारउन्मुख रहेको ट्रेड एनालिस्ट कोमल नाहटाले पनि ट्वीटरमार्फत जानकारी दिए ।
त्यस्तै, कोरियोग्राफर तथा अभिनेता धर्मेश येलान्डेले पनि रेमो अहिले ठीक रहेको र आफूहरु अस्पतालमा उनीसँगै रहेको बताए । उनका अनुसार रेमोको शल्यक्रिया भएको छ ।
रेमोको हृदयघातको खबरपछि फ्यान तथा सेलिब्रेटीहरुले उनको सुस्वास्थ्यको कामना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन