बेलायतमा एक दिन ३५ हजारभन्दा बढी संक्रमित
लन्डन । बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको छ ।
कोरोना संक्रमणको दोस्रो लहरको कहर खेपिरहेको बेलायतमा एकै दिनमा ३५ हजारभन्दा बढी संक्रमित भएका छन् ।
बिहीबार सांझ सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ३५ हजार ३८३ जना नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।
यो संख्या दोस्रो लहर शुरु भए यताकै उच्च हो । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १९ लाख ४८ हजार ६६० पुगेको छ ।
यसैगरी, बेलायतमा कोरोना मृतक संख्या पनि ६६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ५३२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । योसंगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ हजार ५२ पुगेको छ । युरोपमा मृतक संख्याको आधारमा इटालीपछी बेलायत दोस्रो स्थानमा रहेको छ । इटालीमा कोरोना संक्रमणका कारण ६७ हजार २२० जनाको मृत्य्यु भैसकेको छ ।
कोरोना संक्रमणका कारण विश्वभर १६ लाख ६१ हजार भन्दा बढीको ज्यान गैसकेको छ भने ७ करोड ४८ लाख ७२ हजार भन्दा बढी संक्रमित भएका छन् । यसैगरी ५ करोड २६ लाख २९ हजार भन्दा बढी मानिसहरु संक्रमणमुक्त भएका छन् । जसमध्ये दुई करोड ५८ लाख एक हजार ३३५ जना सक्रिय संक्रमित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण