सुपरस्टार रजनीकान्त अस्पताल भर्ना
मुम्बई । सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन् । हाई ब्लड प्रेसरका कारण उनी हैदराबादको अपोलो अस्पताल भर्ना भएका हुन् । अस्पतालमा उनी डाक्टरको निगरानीमा रहेको समाचार एजेन्सीले जनाएका छन् । रजनीकान्त शुक्रबार बिहान अस्पता भर्ना भएका हुन् । उनी बिगत १० दिनदेखि हैदराबादमा एक फिल्मको सुटिङ गरिरहेका थिए । रजनीकान्तको फिल्म सुटिङ सेटका ८ सदस्यमा हालै कोरोना भेटिएको थियो ।
सुटिङ युनिटमा कोराना देखिएपछि रजनीकान्तले पनि २२ डिसेम्बरमा कोरोना टेष्ट गराएका थिए । उनको रिपोट भने नेगेटिभ आएको थियो । अहिले उनको शरिरमा कोरोनाको केहीपनि लक्ष्यण देखिएको छैन । तर पनि उनको ब्लड प्रेसरमा धेरै उतारचढाप आएको छ । सोही कारणले पनि उनी अस्पताल भर्ना भएका हुन् ।
रजनीकान्त आफ्नो तमिल फिल्म ‘अन्नथे’को सुटिङका लागि हैदराबाद आएका थिए । फिल्म युनिटका ८ सदस्यमा कोरोना पोजेटिभ देखिएपछि फिल्मको सुटिङ अहिले रोकिएको छ । फिल्ममा रनजीकान्तले केयरफुल भाईको भूमिका निर्वाह गर्दैछन् । फिल्म नयाँ बर्ष २०२१ मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण