शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुपरस्टार रजनीकान्त अस्पताल भर्ना

शुक्रबार, १० पुस २०७७, १७ : ४५
शुक्रबार, १० पुस २०७७

मुम्बई । सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन् । हाई ब्लड प्रेसरका कारण उनी हैदराबादको अपोलो अस्पताल भर्ना भएका हुन् । अस्पतालमा उनी डाक्टरको निगरानीमा रहेको समाचार एजेन्सीले जनाएका छन् । रजनीकान्त शुक्रबार बिहान अस्पता भर्ना भएका हुन् । उनी बिगत १० दिनदेखि हैदराबादमा एक फिल्मको सुटिङ गरिरहेका थिए । रजनीकान्तको फिल्म सुटिङ सेटका ८ सदस्यमा हालै कोरोना भेटिएको थियो ।

सुटिङ युनिटमा कोराना देखिएपछि रजनीकान्तले पनि २२ डिसेम्बरमा कोरोना टेष्ट गराएका थिए । उनको रिपोट भने नेगेटिभ आएको थियो । अहिले उनको शरिरमा कोरोनाको केहीपनि लक्ष्यण देखिएको छैन । तर पनि उनको ब्लड प्रेसरमा धेरै उतारचढाप आएको छ । सोही कारणले पनि उनी अस्पताल भर्ना भएका हुन् ।

रजनीकान्त आफ्नो तमिल फिल्म ‘अन्नथे’को सुटिङका लागि हैदराबाद आएका थिए । फिल्म युनिटका ८ सदस्यमा कोरोना पोजेटिभ देखिएपछि फिल्मको सुटिङ अहिले रोकिएको छ । फिल्ममा रनजीकान्तले केयरफुल भाईको भूमिका निर्वाह गर्दैछन् । फिल्म नयाँ बर्ष २०२१ मा रिलिज हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप