अस्वाभाविक रुपमा बढ्यो ग्रीलजन्य फलामको मूल्य
ग्रील तथा स्टील व्यवसायीहरुले ग्रीलजन्य फलामको मूल्य अस्वाभाविक रुपमा बढेको बताएका छन् । व्यवसायीहरुको छाता संगठन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले ग्रीलजन्य फलामको मूल्य अत्याधिक अनियन्त्रित र अस्वाभाविक रुपमा बढेको बताएका हुन् । जसका कारण व्यवसाय नै धरासायी हुने स्थीतिमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा महासघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोभिड १९ को कारण बन्दभई मारमा परेका उद्योगहरु बिस्तारै सञ्चालनमा आउन नपाउँदै ग्रील जन्य फलाम र निर्माण सामाग्रीको अनियंत्रित रुपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रील उद्योग बन्द हुने अवस्थामा पुगेको बताए । अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा भएको बृद्धि भन्दा नेपाली बजारमा दोब्बर मूल्य बढेको उनको भनाइ छ । केही सीमित उद्योगीको आपसी मिलेमतोमा ग्रीलजन्य फलामको मूल्य बढाइएको पनि अध्यक्ष कटुवालले बताए ।
ग्रील जन्य फलामको मूल्य अस्वभाविक रुपमा बढ्दा कोरोनाको संक्रमणका कारण प्रभावित आम उपभोक्ता समेत मारमा परेको अध्यक्ष कटुवालले बताए । यसबाट देशभरी सञ्चालित ११ हजार भन्दा बढी ग्रील उद्योग बन्द हुने जोखिममा रहेको पनि उनले बताए ।
व्यवसायीहरुले पछिल्लो दुई महिनामा मात्रै ग्रीलजन्य फलामको मूल्य प्रतिकिलो ६० प्रतिशत भन्दा धेरैले बढेको बताएका छन् । नेपालमा ग्रील व्यवसायले मात्रै वार्षिक ५० अर्ब बढीको ग्रील जन्य सामग्रीहरुको उत्पादन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रादेशिक अस्पताल निर्माण: ठेकदारलाई भुक्तानी गर्न बजेट अभाव
-
रास्वपा लमजुङको सभापति निर्वाचनमा धाँधलीको आरोप, सभापतिका अरू उम्मेदवारले दिए उजुरी
-
मुग्लिन–मलेखु सडकका चार पुल सञ्चालनमा आउँदै
-
यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् : अध्ययन
-
नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको एकैपटक सरुवा (सूचीसहित)
-
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण