बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

संसारका पाँच अर्बपति जो कोरोना महामारीमा थप धनाढ्य भए

आइतबार, १२ पुस २०७७, ०९ : २३
आइतबार, १२ पुस २०७७

कोरोना महामारीको समयमा थुप्रै मानिसहरुको व्यापार व्यवसाय धराशयी भएपछि कमाई शून्य भएको छ भने महामारीले कसैको धनमाथि धन थपिदिएको छ ।

यो वर्ष थुप्रै मानिसहरुका लागि निकै मुश्किल रह्यो ।

संसारभरी कोरोनाका कारण १६ लाख मानिसहरुको मृत्यु भइसकेको छ र अांर्थिक संकटका कारण थुप्रैको कारोबार बन्द भएको छ र लाखौंले जागिर गुमाए ।

तर थुप्रै धनाढ्यका लागि स्थिती त्यति खराब पनि रहेन ।

संसारका ६० प्रतिशतभन्दा बढी अर्बपति सन् २०२० मा थप धनी भएका छन् र यीमध्ये पाँच ती व्यक्ति हुन् जसको कूल सम्पत्ति ३१०.५ अर्ब डलर भएको छ । आउनुहोस्, उनीहरुबारे जानकारी लिऔं ।

एलन मस्क, टेस्लाका सह–संस्थापक तथा सिइओः

स्पेस एक्सका संस्थापक तथा टेस्लाका सिइओ एलन मस्कको सम्पत्तिमा सन् २०२० मा १४० अर्ब थपिएको छ । ब्लूमबर्गका अनुसार गत सोमबार उनको कूल सम्पत्ति १६७,००० मिलियन डलरसम्म पुगेको छ 

यसका साथै एलन मस्क अर्बपतिको सूचीमा उक्लिएका छन् र नोभेम्बरमा बिल गेट्सलाई पछि पारेर दोस्रो स्थानमा आएका छन् । उनीभन्दा माथि पहिलो स्थानमा अमेजनका संस्थापक जेफ बेजोसको नाम छ ।

फोर्ब्सका अनुसार जबदेखि पत्रिकाले संसारका धनाढ्यको सूची बनाउन सुरु गरे तबदेखि अहिलेसम्म कुनै अर्बपतिले एक वर्षमा गरेको यो सबैभन्दा धेरै कमाई हो ।

एलन मस्कको कम्पनी टेस्ला एक विद्युतीय कार निर्माता कम्पनी हो । यो वर्ष कम्पनीमा कारको रेकर्ड बिक्रि भएको छ । यस्तै, मस्कको दोस्रो कम्पनी स्पेस एक्सले पनि यो वर्ष सफलता हात पारेको छ र उसले अन्तरिक्षमा एस्ट्रोनट लञ्च गर्ने पहिलो कम्पनी बनेको छ ।

जेफ बेजोस, अमेजनका संस्थापक तथा सिइओः

जेफ बेजोस ती व्यक्तित्व हुन् जसले सन् २०२० को सुरुवात संसारका सबैभन्दा धनी व्यक्ति बनेर गरेका थिए र त्यसको अन्त्य पनि यसै गरी भएको हो ।

जेफ बेजोस अनलाइन सपिङ प्लेटफर्म अमेजनका संस्थापक मात्रै होइनन् उनी अमेरिकी पत्रिका ‘द वासिङ्टन पोस्ट’ का मालिक पनि हुन् ।

उनले यो वर्ष आफ्नो सम्पत्तिमा ७२ अर्ब डलर जोडेका छन् । कोरोना महामारीका बेला अनलाइन किनमेल बढ्दा उनको सम्पत्तिमा वृद्धि भएको हो । लकडाउनमा पसल बन्द भएका कारण मानिसहरुले अनलाइन खरिद गरेका छन् ।

केही समय अघि जेफ बेजोसको कूल सम्पत्तिले २०० अर्ब डलरको आँकडा पार गरेको थियो । यद्यपि, हाल उनको सम्पत्ति १८७ अर्ब डलर छ ।

जेफ बेजोस सामाजिक कार्यमा पनि आफ्नो योगदान दिइरहन्छन् । फेब्रुअरीमा उनले १० अर्ब डलर जलवायु परिवर्तनसँग जुध्नका लागि दान दिएका थिए । नोभेम्बरमा ८० करोड डलर उनले वातावरणमाथि काम गर्ने संस्थालाई दिएका थिए ।

उनकी पूर्व श्रीमती म्याकेन्जी स्क्टले यो वर्ष कम्तिमा ५.८ अर्ब डलर गैर सरकारी संस्थालाई दान दिएकी थिइन् ।

जोङ्ग शनशन, नों फू स्प्रिङ्गका संस्थापकः

ब्लूमबर्गका अनुसार जोंग शनशनको कूल सम्पत्ति ६२.६ अर्ब डलरसम्म बढेको छ ।

जोंग सेप्टेम्बरमा चीनका सबैभन्दा धनाढ्य व्यक्ति बनेका थिए । उनको बोतलबन्द पानीको कम्पनी नों फू स्पिैङ्गले शेयरको सार्वजनिक बिक्रि सुरु गरेपछि १.१ अर्ब डलरभन्दा बढी कमाई गरेको थियो ।

नों फू स्प्रिङ्गको स्थापना सन्े १९९६ मा भएको थियो जसले एशियाको बोतलबन्द पानीको बजारको पाँचौं हिस्सा नियन्त्रण गर्छ । उनको कम्पनीको मूल्य ७० अर्ब डलर छ ।

६६ वर्षका जोङ्ग कम्पनीका ८४ प्रतिशतभन्दा बढी हिस्साका मालिक हुन् जसको शेयर भ्यालू लगभग ६० अर्ब डलर हो ।

यसैकारण जोङ्ग शनशन टेनसेन्ट्सका पोनी मा र अलीबाबाका ज्याक माजस्ता अर्बपतिभन्दा अघि बढेका छन् । उनी हालको महिनामा चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनको भ्याक्सिन निर्माता बेइजिङ वान्टा बायोलोजिकल फार्मेसीको स्वामित्व रहेको छ ।

यो कम्पनी कोभिड–१९ का लागि नाकबाट लिइने स्प्रे बनाइरहेको छ जसले नोभेम्बरमा दोस्रो फेजको ट्रायल गरिरहेको थियो  ।

बर्नार्ड आरनल्ट, एलपीएमएच ग्रुपका मालिकः

फ्रान्सका बर्नार्ड आरनल्ट आफ्नो देशका सबैभन्दा धनी व्यक्ति हुन् र फोर्ब्सले उनलाई धनाढ्य व्यक्तिको सूचीमा दोस्रो स्थानमा राखेको थियो । ब्लूमबर्गले उनलाई चौथो स्थानमा राखेको थियो ।

लग्जरी सामानको कम्पनी एलवीएमएचका मालिक आरनल्टको कूल सम्पत्ति यो वर्षको अन्त्यसम्म १४६.३ अर्ब डलर भएको छ । उनका लागि यो मुश्किल वर्ष हुँदा पनि सन् २०२० मा आरनल्टको सम्पत्ति ३० प्रतिशतसम्म बढेको छ ।

कोरोना महामारीका कारण एलवीएमएचले टिफनी एण्ड कम्पनीको अधिग्रहण गर्ने योजनामाथि अस्थायी रोक लगाएको थियो । तर अक्टोबरमा उनले १५.८ अर्ब डलरमा कम्पनीको अधिग्रहणको सम्झौता गरेको छ जुन यसको मूल प्रस्तावभन्दा ४० करोड डलर कम हो ।

लग्जरी उत्पादनको बिक्रिमा लगातार कमी आइरहेको छ तर एलीएमएचले यो मामिलामा सबैभन्दा अचम्मित पारिदिएको छ । दक्षिण कोरिया र चीनमा उनका केही उत्यादनको ठूलो मात्रामा बिक्रि भएको छ ।

ड्यान गिलबर्ट, रकेट कम्पनीजका अध्यक्षः

५८ वर्षका गिलबर्ट एनबीए क्लिवल्याण्ड केवेलियसका मालिक हुन् र अनलाइन मार्टेज कम्पनी क्विकन लोन्सका सह–संस्थापक हुन् । ब्लूमबर्गको आँकडा अनुसार सन् २०२० मा उनको कूल सम्पत्ति २८.१ अर्ब डलरसम्म बढेको छ । अब उनको कूल सम्पत्ति ३५.३ अर्ब डलर हो ।

यसको कारण यो हो कि क्विकन लोन्सको मूल कम्पनी रकेट कम्पनीजले अगस्टमा शेयर र अन्य वित्तिय साधनको सार्वजनिक बिक्रि सुरु गरेको थियो । गिलबर्टसँग रकेट कम्पनीजको ८० प्रतिशतभन्दा बढी स्वामित्व छ जसको कूल मूल्य ३१ अर्ब डलरभन्दा बढी छ ।

गिलबर्टको कूल सम्पत्ति एक वर्षमा ६ गुणा बढेको छ । यसको सबैभन्दा मुख्य कारण क्विकन लोन्सको आईपीओ । – बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप